सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जारी बैठकबाट कांग्रेस एकढिक्का भएर महाधिवेशन र फागुनको चुनावमा होमिने :नेता नैनसिंह महर

काठमाडौं  ४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्। जारी केन्द्रीय समिति बैठकबाट वर्तमान सन्दर्भमा उठेका सबै आवाजलाई आत्मसात् गर्दै सर्वसम्मत निर्णयका साथ पार्टी एकतावद्ध हुने वातावरण बन्दै गएको उनले दाबी गरे।

नेता महरले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र संस्थापन पक्षीय अन्य नेताहरूसँग नियमित तथा छुट्टाछुट्टै संवाद गरेका थिए। यसै गरि बिशेष महाधिवेशन पक्षधर संग पनि छलफल गरेका थिए ।ती भेटघाटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले देश र कांग्रेस अगाडि जटिल समस्या रहेकाले पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्दै निकास दिनुपर्नेमा जोड दिए।

‘देश र कांग्रेसका अघि जटिल परिस्थिति छ। यसको निवारणका लागि कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। त्यसका लागि सबै राजनीतिक दल, ‘जेनजी’ (Gen-Z) पुस्ता र सरोकारवाला निकायसँग छलफल गर्नुपर्छ,’ महरले भने। खलबलिएको वैदेशिक सम्बन्धलाई सुधार्न पनि पार्टीले अग्रगामी भूमिका खेल्नुपर्ने र यो कार्य सम्पन्न गर्न कांग्रेस एकढिक्का भएर जनतामा जानुपर्ने उनको भनाइ छ।

बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउँदै जनतामा आशाको सञ्चार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनले औंल्याए। महरले भने, ‘समयमै निर्वाचन गराउन कांग्रेसले सरकार बाहिरै बसेर पनि नेतृत्वदायी तथा अभिभावकीय भूमिका निर्वाह गर्छ। सरकारलाई सहयोग गरेर देशलाई सही निकास दिनु हाम्रो अहम दायित्व हो।’

एकीकृत र संगठित कांग्रेसले मात्र यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्ने भएकाले जारी केन्द्रीय समिति बैठकबाट एकताको सन्देश दिन पार्टी चुक्न नहुने उनले बताए।

‘पटक-पटक देश अप्ठ्यारोमा पर्दा निकास दिँदै आएको कांग्रेसको गौरवशाली इतिहास छ। यसपटक पनि हामी सत्ता बाहिरै रहेर त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न तयार छौं। पार्टीभित्र र बाहिरका विवाद मिलाउन हामी एकतावद्ध छौं भन्ने सन्देश दिनु अपरिहार्य छ,’ उनले थपे।

पार्टी १५औं महाधिवेशनको विवादमा रुमलिइरहेको सन्दर्भमा महरले देशलाई केन्द्रमा राखेर गतिविधि अगाडि बढाउन नेतृत्वलाई आग्रह गरे। कांग्रेस र लोकतन्त्रको प्राणवायु मानिने ‘मेलमिलाप नीति’ लाई पुनः जीवन्त तुल्याउनुपर्नेमा उनले जोड दिए।

बैठकमा भइरहेका छलफलबारे प्रस्ट पार्दै उनले भने, ‘संवाद र छलफल लोकतन्त्रका सुन्दर पक्ष हुन्। केन्द्रीय समितिमा गहन छलफल भइरहेको छ। यसबाट सही र प्रभावकारी विषयको निर्क्यौल गर्दै कांग्रेस एकढिक्का भएर अगाडि बढ्ने कुरामा ढुक्क हुनुहोस्।’ साथै, उनले शीर्ष नेतृत्वलाई अब निर्णयमा विलम्ब नगर्न समेत सुझाव दिएका छन्।

  • ४ मंसिर २०८२, बिहीबार ०९:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU