बादी समाजको अध्यक्षमा रमा बादी
धनगढी । सुदूरपश्चिम बादी समाजको अध्यक्षमा रमा बादी निर्बिरोध चयन भएकी छन् ।

मंगलबार धनगढीमा सम्पन्न भएको प्रदेश स्तरिय पहिलो भेलाले रमा बादीको अध्यक्षतामा १९ सदस्यिए कार्यसमिति निर्बिरोध चयन भएको निर्वाचन समितिका संयोजक शुकलाल नेपालीले बताए ।
नयाँ कार्यसमिति अन्तरगत उपाध्यक्षमा हिक्मत बादी, सचिवमा नन्दराम बादी, कोषाध्यक्षमा पदम राना (कञ्चनपुर) र सह–सचिवमा विश्राम बादी चयन भएका निर्वाचन संयोजक नेपालीले बताए । सदस्यहरुमा खडक बहादुर गाइने (कैलाली), बमबहादुर कुमाल (कञ्चनपुर) वेलु नेपाली (कञ्चनपुर) जनक कुमाल (बैतडी) राधा विक (कैलाली), रमेश वादी (अछाम) लगायत निबिरोध निर्वाचित भएका हुन् । समितिमा दुई जना मनोनित सदस्य रहने छन् । केही जिल्लाका लागि खुल्ला तर्फका सदस्य पद समेत रिक्त रहेको निर्वाचन अधिकृत नेपालीले बताए ।
सोमबार देखी सुरु भएको प्रथम प्रदेश स्तरिय सम्मेलन उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले गरेका थिए । बादी समुदायको प्रथम अधिवेसनबाट अध्यक्षमा निर्वाचित रमा बादीले बादी समुदायको अधिकार प्राप्तिका लागि आफु जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहने बताइन् । उनले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा रहेका बादी समुदायलाई संगै डो¥याएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया