धनगढी विमानस्थलमा ८ दिनपछि दैनिक ५ उडान
धनगढी । धावनमार्ग मर्मतका लागि साँझ ६ बजे सम्म बन्द गरिदै आईएको धनगढी विमानस्थल आठ दिनपछि पूर्ण रुपमा सूचारु भएको छ।

धावनमार्ग मर्मत कार्य सम्पन्न भएपछि विमानस्थल नियमितमा सुचारु भएको नागरीक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले बताए। पौष १० गतेदेखि विहानदेखि साँझ ६ बजे सम्म विमानस्थलमा उडान बन्द हुँदा दैनिक २ वटा मात्रै उडान हुँदै आएका थिए।
आजदेखि भने बुद्ध र श्री एयरलाइन्सले बिहान र साँझ गरेर दैनिक दुई÷दुई वटा र नेपाल एयरलाइन्सले दैनिक एक उडान भर्न सुरु गरेको प्रमुख बुढथापाले बताए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया