विधायक पूजा पालले समाजवादी पार्टीमाथि प्रहार

उत्तर प्रदेश भारत ४ भाद्र । उत्तर प्रदेशको चायल विधानसभा क्षेत्रकी विधायक पूजा पालले समाजवादी पार्टी (सपा) विरुद्ध कडा प्रहार गरेकी छन्। हालै सपा प्रमुख अखिलेश यादवले उनलाई पार्टीबाट निष्कासन गरेपछि पूजा पालले सामाजिक सञ्जाल X मार्फत लामो पोस्ट लेख्दै आफ्नो पीडा र अनुभव सार्वजनिक गरेकी हुन्।
पूजा पालले लेखेकी छन् कि आफ्नो विवाह भएको मात्र नौ दिनमै उनका पति तथा तत्कालीन विधायक राजू पालको 25 जनवरी 2005 मा दिनदहाडै अतीक अहमद र उनका भाई अशरफले गोली हानी हत्या गरेका थिए। “त्यो दिनसम्म उनीहरू गोली चलाइरहे, जबसम्म राजू पालको शरीरबाट प्राण निक्लेन,” उनले पोस्टमा उल्लेख गरेकी छन्।
“महिलालाई यस्तो पीडा नहोस्”
पूजा पालले भनिन्, “कुनै महिलाले यस्तो पीडा भोग्न नपरोस्। कुनै पत्नी यसरी विधवा बन्नु परोस भन्ने चाहना कसैलाई पनि छैन।”
उनले पार्टीप्रति आक्रोश व्यक्त गर्दै लेखेकी छन् कि सुरुमा उनलाई लाग्थ्यो समाजवादी पार्टीले आफ्नो पुरानो छायाँ छोडेर नयाँ बाटो लिएको छ, तर फेरि पनि सपा ‘माफियाप्रतिको मोह’मा फसेको छ।
योगी सरकारको प्रशंसा, निष्कासनको कारण
हालै विधानसभा बैठकमा पूजा पालले मुख्यमन्त्री योगी आदित्यनाथद्वारा माफिया अतीक अहमद र अशरफविरुद्ध गरिएको कारबाहीको खुलेर प्रशंसा गरेकी थिइन्। उनले भनेकी थिइन् – “योगी सरकारले माफियालाई माटोमा मिलाउने काम गरेको छ।”
यही बयानपछि समाजवादी पार्टीले तुरुन्तै उनलाई पार्टीबाट निकाल्ने निर्णय गरेको थियो।
पूजा पालको लामो पोस्टपछि पुनः सपा नेतृत्व आलोचनामा तानिएको छ भने उनी आफूलाई न्यायका लागि अझ कडा संघर्ष गर्ने प्रतिबद्धतामा रहेको बताएकी छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया