अमेरिकाको एरिजोनामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
एजेन्सी २१ श्रावण । अमेरिकाको उत्तरी एरिजोनामा विमान दुर्घटना भएको छ ।
मंगलबार एक चिकित्सा परिवहन विमान उत्तरी एरिजोनामा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लाग्दा चारजनाको मृत्यु भएको छ ।
न्यू मेक्सिकोको अल्बुकर्कस्थित सीएसआई एभिएसन कम्पनीको यो विमान फ्ल्यागस्टाफबाट करिब २०० माइल नौ हजार ३२१ किलोमिटर उत्तर–पूर्वमा रहेको चीनको हवाई अड्डानजिकै दुर्घटना भएको हो ।
विमानमा सवार व्यक्तिहरू चिकित्साकर्मी थिए । उनीहरू एक बिरामीलाई लिन अस्पताल जाँदै थिए ।
राष्ट्रिय परिवहन सुरक्षा बोर्ड र एफएएले यसको जाँच गरिरहेका बताएको छ । दुर्घटनाको कारण हालसम्म थाहा हुन सकेको छैन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया