आमालाई खुसी दिएर नयाँ घरमा बसाउने रविको सपना अधुरो
धनगढी । नेपाल आइडल जितेर गृह प्रदेशमा खुशीयाली मनाइरहेका रवि ओडमाथी ठुलो बज्रपात परेको छ ।

आमालाई दुसी दिएर नयाँ घरमा बसाउने रविको सपना अधुरो भएको छ । सानो उमेरमै जन्म दिने आमा गुमाएका रविले कर्म दिने आमा पनि गुमाएका छन् । केही दिन अघि मात्र रविले आमाबाबालाई नयाँ घर बनाएर आमाबाबालाई खुसी दिने बताएका थिए ।

आज बिहान करिब ७ः३० रविकी आमा ४५ वर्षीया विष्णाको घरमै करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बिहान घरमा पानी तान्ने मोटर चलाउदा एक्कासी करेन्ट लागेर बेहास भएकी बिस्नालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको परिवारजनले जनाएको छ ।
उनको शव अहिले सेती अंचल अस्पतालबाट अन्तिम दाह संस्कारका लागि लगिएको छ ।
नेपाल आईडल रवी ओड २ दिन अगाडी सुदूरपश्चिम प्रदेश सरकारको निमन्त्राणमा गृहनगर आएका थिए ।
नेपाल आईडल जितेको खुसी परिवार संग साट्न नपाउदै आमाको मृत्यु भएको छ । रवी ओडका ३ दाजुभाई र २ दिदिबहिनी रहेका छन् भने बुवा रोजगारीका लागि भारतमा छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया