सुचनाको हक सम्बन्धी आरटीआई क्याराभान कार्यक्रम सम्पन्न
निराजन परियार। एफएमडिसी बिकास र सामाजिक परिर्वतनका लागि सञ्चारले बैशाख २८ गते देखि कैलाली जिल्लाको धनगढीबाट सुरु गरेको सुचनाको हक सम्बन्धी आरटीआई क्याराभान कार्यक्रम सम्पन्न भएको छ ।
आम नागरिकलाई बढी भन्दा बढी सुचनाको हक सम्बन्धी जानकारी दिने उदेश्यले कैलाली डडेल्धुरा,डोटी र अछामका बिभिन्न ठाउँहरुमा क्याराभान कार्यक्रम सम्पन्न भएको हो ।

एफएमडिसीका कार्यकारी निर्देशक तथा सुचनाको हकका अभियन्ता उमीद बागचन्दको नेतृत्वमा एफएमडिसी टीमको सहभागिता रहेको थियो । वरिष्ठ पत्रकार तथा सुचनाको हकका अभियन्ता बागचन्दले बढी भन्दा बढी सुचनाको हको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम गरेको बताउनुभयो ।
एफएमडिसीले बिभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले पनि सुचनाको हकका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको बताएका थिए । एफएमडिसीले लामो समय देखि सुचनाको हक सम्बन्धी कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया