कामपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध मुद्दा दायर
काठमाडौं २८ जेष्ठ । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ठेक्कामा अनियमितता भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा इन्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक उत्तम दाहाललाई प्रतिवादी बनाइएको छ ।
परियार अहिले सूचना तथा प्रसारण विभागको महानिर्देशक छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया