बझाङ जिल्लाको अपाङ्ग मैत्री संरचना बनाउनमा जोड
डीबी विष्ट पुस ६ बझाङ । जिल्लाका सरोकारबालाहरुले अव बन्ने नयाँ भौतिक पूर्वाधारहरु अपाङ्ग मैत्रि हुनु पर्नेमा जोड दिएका छन् ।

जिल्लामा बन्ने भौतिक संरचनाहरु अपाङ्ग मैत्रि हुन नसकेका भन्दै अब बन्ने सबै भौतीक संरचना तथा भौतिक पूर्वाधारहरु अपाङ्ग मैत्रि हुनु पर्ने बताएका हुन् ।

जिल्लामा सरकारी तथा अन्य भवनहरु अपाङ्ग मैत्रि नभएका कारण अपाङ्गता भएका ब्याक्तीहरुले सास्ती भोग्दै आएका छन् । दुर्गथली गाँउपालीकाका अपाङ्गता भएका नरेन्द्र बहादुर खैरले तत्कालीन जिल्ला विकास समीती हुँदा खेरी जिल्ला सभामा आफ्ना माग राख्न नसकेको गुनासो गरे । कार्यालय प्रमुखहरुलाई भेट्न खाजे उनीहरु माथील्लो तलामा बस्नु हुन्थ्यो ।
मैले जान सकीन र आफ्ना समस्याहरु राख्ने चाहाना हुँदा हुदै पनी २ पटकाको जिल्ला सभामा आफ्ना माग नै नराखी आफ्ना समस्या नै नराखी फर्कीएको गुनासो गरे । अन्य कर्मचारीहरुलाई भन्दा हामीलाई कसैले टर्दैनन् अनी मैले यस्ता कार्यक्रमहरुमा जानै छोडेको उहाँले गुनासो गर्नु भयो ।

आफ्ना मागहरु राख्न सक्ने क्षमता भए पनी अपाङ्गमैत्रि भौतीक संरचनाहरु नहुँदा थप समस्या हुने गरेको उनीहरुको भनाई छ । जिल्ला स्थित प्रगतीशिल यूवा समाजले अपाङ्ग मैत्रि बातावरण निर्माण सम्बन्धी सरोकारबालाहरु संगको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं सहभागीहरु जिल्लामा निर्माण हुन लागेका भौतिक संरचनाहरु हाल सम्म पनि अपाङ्ग मैत्रि हुन नसकेको बताउदै अब बन्ने भौतिक संरचनाहरु अपाङ्ग मैत्रि हुनुपर्ने बताएका छन्।
अपाङ्ग मैत्रि बाताबरण तयार गर्न राज्य बाट बिभिन्न निती तथा कानुनहरु बनेका भएता पनि तिनीहरुको प्रभाबकारी रुपमा कार्यान्वयन हुन नसकेको समेत सहभागीहरुले बताएका छन् ।

जयपृथ्बी नगरपालिका –१० कि स्थानिय देबकी सिंहले राज्य बाट अपाङ्ग मैत्रि बतावरण तयार गर्नका लागी बिभिन्न कानुनी दस्तोजहरु कार्यान्वयन तहमा रहेकाहरुले त्यसको प्रभाबकारी रुपमा कार्यान्वन नगर्दा अपाङ्ग मैत्रि बतावरण तयार हुन नसकेको बताउनु भयो । अपाङ्ग लाई गर्ने भेदभाव तथा घृणाले गर्दा उनिहरुको मानसिकतामा समेत प्रभाव पर्ने गरेको र यस्ता सबै तह बाट अपाङ्ग लाई गर्ने ब्यबहार तथा बन्न लागेका भौतिक संरचनाहरु समेतमा पनि अपाङ्ग मैत्रि बनाउन सबै तह बाट जोड दिनु पर्ने धारणा मल्लको छ ।
जिल्लामा भौतिक पूर्वाधारहरुमा मात्र नभएर स्थानिय यातायातमा समेत अपाङ्गलाई आरक्षण सिटको ब्यबस्था नभएको जिल्ला अपाङ्ग सञ्जाल की उपाध्यक्ष बिस्ना नेपालीले बताउनु भयो । नेपालीले भन्नु भयो “लामो तथा छोटो यातायातका साधनहरुमा अपाङ्ग आरक्षण सिट हुनु पर्ने भन्दै जिल्ला प्रसासन कार्यालय लगायतका बिभिन्न सरोकारबालाहरु संग लामो समय सम्म पैरबी गरेको भए पनि कसैले पनि सुनुबाई नगरेको बताईन्” । परिवारका सदस्य, समाजले समेत अपाङ्गता भएका ब्याक्तीहरुलाई माया गर्नुको साँटो घृण र अपहेलना र अपहेलीत शब्दहरु प्रयोग गर्ने गरेको उहाँको अनुभव छ ।

जिल्लामा हाल सम्म निर्माण भएका भवन तथा अन्य संरचनाहरु अपाङ्ग मैत्रि बन्न सकेका छैनन् । जयपृथ्बी नगरपालिकाका सब –ईन्जिनियर लोकराज जोशीका अनुसार समान्य रुपमा भवनहरुमा र्यालिङ्ग हाल्ने सम्म मात्र भएको बताउदै सरकारी कार्यालयहरुमा यसको अनिबार्यता समेत महसुस गरिएको बताउनु भयो । सबै किसमका अपाङ्गहरु लाई समेट्ने खालको डिजाईन गर्नु पर्ने आवष्यक रहेको उहाँको भनाई छ ।
जिल्लामा अपाङ्ग मैत्रि संरचना नहुदा सरकारी काम काजमा आउने अपाङ्गता भएका ब्याक्तीहरुले निकै कष्टकर भोग्नु परेको छ । सरकारी कार्यालय मात्र नभएर स्थानियहरुले बनाउने घर समेत अपाङ्ग मैत्रि हुनु पर्नेमा सहभागीको जोड छ । “हिजोका दिन असजिलो होला भन्ने महसुस नगरीए पनी आजभोली आएर अपाङ्ग मैत्रि संरचना बनाउनु पर्छ भन्ने महसुस समेत हुनु भनेको पनि उपलब्धी भएको जयपृथ्वी नगरपालीकाका मेयर विरेन्द्र खड्काको भनाई छ ।
सरकारी तहबाट समेत निती नियमहरुको ब्यबस्था भई सकेकाले यसको कार्यान्वनका लागी सबैले लाग्नु पर्ने छ ” । खड्काले भन्नु भयो अपाङ्ग मैत्रि बाताबरण तयार गर्न सबै पक्ष हिस्सेदार रहेको बताउदै अगामी दिनमा समेत अपाङ्ग मैत्रि बाताबरण तयार गर्न आफु लागी पर्ने बताए ।
हाल सम्ममा जिल्लामा अपाङ्ग मैत्रि भवन तथा अन्य संरचना नभए पनी हालै निर्माण हुन लागेका जिल्ला अदालतको भवन , जिल्ला स्वास्थ्य कार्यालयको भवन तथा जयपृथ्बी नगरपालिकाको भवनको डिजायन स्टमेटमा भने अपाङ्ग मैत्रि रहेको छ । २०६८ सालको जनगणना अनुसार बझाङ जिल्लामा २ हजार ५ सय ३४ पुरुष र २ हजार ४ सय ४२ महिला गरी जम्मा ४ हजार ९ सय ९७ जना अपाङ्गता भएका ब्यक्तीहरु रहेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया