सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भोलि नेपाल आइडलको फाइनल भिडन्त, को बन्ला च्याम्पियन

काठमाडौं, पुष ५ । नेपाल आइडल सिजन २ को ‘फिनाले’ भोलि हुँदैछ । शुक्रबार राति चारमध्येबाट एकजना ‘दोस्रो नेपाल आइडल’ घोषित हुने छन् । आइडलको फाइनलमा पुगेका रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी मध्येबाट एकजना आइडल हुने छन् ।

को बन्ला त आइडल रु निकै चासोका साथ हेरिएको यो प्रश्नको सत्य जवाफ भोलि नै भेटिने छ । प्रतिस्पर्धीको नेपाल आइडल अनुभव कस्तो रह्यो होला रु आगामी योजनाबारे के भन्छन् आइडलका चार प्रतिस्पर्धी

अस्मिता अधिकारी

सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ गीत गाएर काठमाडौँ अडिसनमा देखापरिन्, झापाकी अस्मिता अधिकारी। उनको परिवारमा कोही पनि संगीतमा आबद्ध छैन। तर, उनी भने पहिलादेखि नै भजन गाउँथिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट बीएस्सी नर्सिङ सकेर आइडलमा आएकी हुन्।

पढाइ र रुचि फरक–फरक भए पनि आगामी दिनमा दुवैलाई सँगसँगै अगाडि बढ्ने उनको सोच छ। ‘सेवाका लागि नर्स, रुचिका लागि गायिका बन्छु,’ अस्मिता भन्छिन्, ‘गीत सुनाउँदै बिरामीको उपचार गर्छु।’ नर्सिङमा मास्ट्र्स गर्ने उद्देश्य लिएकी उनले संगीतलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचेकी छिन्।

अरुणा लामा, तारादेवी, नारायणगोपालका गीत उनलाई मन पर्छन्। ‘अञ्जु पन्तको चाहिँ फ्यान नै हुँ,’ उनी भन्छिन्, ‘पहिला पप गीत सुन्ने र गाउने गर्थें। पछि आधुनिक गीत गाउन र सुन्न थालेँ।’

रवि ओड
नेपाल आइडलको दोस्रो संस्करणमा टप फोरको सूचीमा सुदूरपश्चिमबाट एक जना मात्रै प्रतिस्पर्धी छन्, रवि ओड। धनगढी अडिसनमा कमल खत्रीको ‘जाउला रेलैमा’ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए।

रवि ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धी हुन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानाका गीत उनलाई बढी मन पर्छन्। सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे।

विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइहाल्थे। ‘मेरो बाजे स्थानीय देउडा गाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सबै जनाले मलाई बाजेको गुण सरेको भन्छन्।’

बिक्रम बराल

पोखराका विक्रम बराल पप, क्लासिकदेखि सुगम संगीतका पारखी हुन्। उनले एसएलसीपछि पोखराको त्रिवेणी संगीतालयमा क्लासिकल भोकल सिके। नारायणगोपाल, गुलाम अली र अरुण थापा उनका आइडल हुन्।

‘पहिला–पहिला नवीन के भट्टराईलाई पनि एकदमै सुन्थेँ,’ विक्रम भन्छन्, ‘रक सङ गाउन एकदमै मन पथ्र्यो।’ उनकी आमा पनि संगीत पारखी हुन्। आमाको सपना र बुबाको आशीर्वादले आफू यहाँसम्म आइपुगेको उनी बताउँछन्। ‘भोट गरेर जिताउने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्, ‘आगामी दिनमा पनि त्यही साथ र सपोर्टको अपेक्षा गरेको छु।’

विक्रमले फिल्म ‘प्रसाद’का लागि गीत गाइसकेका छन्। उनी गोल्डन माइक विजेता पनि हुन्। फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ र एउटा रक प्याटर्नको गीत गाएर उनले गोल्डन माइक जितेका थिए।

सुमित पाठक

झापाका सुमित पाठक गोल्डन माइक विजेता हुन्। काठमाडौँ अडिसनमा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्’ बोलको गीत गाएर उनको नेपाल आइडलको यात्रा सुरु भएको थियो। ‘म सानैदेखि तबला बजाउँथेँ,’ उनी भन्छन्, ‘बुबाको म्युजिक इन्स्टिच्युट भएकाले म्युजिक सिक्न धेरै सजिलो भयो।’

सुमितले कक्षा सातमा पढ्दादेखि नै गिटार बजाउन थाले। ‘युट्युबबाट हेरेर गिटार बजाउन सिक्थेँ,’ उनी भन्छन्, ‘म रक, मेटल, सेन्टिमेन्टल, क्लासिकल सबै गीत सुन्न र गाउन मन पराउँछु।’ उनले नेपाली फिल्म ‘अमेरिका ब्वाइज’मा समेत गीत गाइसकेका छन्।

‘नारायणगोपाल, भक्तराज, नेपथ्य र १९७४ एडीका गीत धेरै सुन्छु,’ उनी भन्छन्। १० वर्षको उमेरमा आमा गुमाएका सुमित आमाकै यादलाई म्युजिकमा ढालेको बताउँछन्।

‘नेपाल आइडलले मलाई धेरै आमाहरूको माया दिएको छ,’ उनी भन्छन्, ‘आमाको मप्रति केही बनोस् भन्ने सपना थियो। नेपाल आइडलले त्यो सपना पूरा गरिदिएको छ । सम्पूर्ण साप्ताहिकबाट

  • ५ पुष २०७५, बिहीबार १४:०२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU