बैदेशिक रोजगार ऐन अन्तर्गत पारेर भारत आप्रवासी प्रति न्यायोचित व्यवहार गरोस (भिडियो सहित)
धनगढी ३ पुष । सुदुरपश्चिमबाट कामको खोजिमा भारत जानेहरु मध्ये कतिपय घर मुलीले ज्यान गुमाउने गरेपछि त्यस्ता परिवारको सहयोगका लागि हालै बैतडीको एउटा नगरपालिकाले कामका लागि भारत जानेहरुको जीवन बिमा गर्न शुरु गरेको छ । भारत कामका लागि जानेहरुका पक्षमा पहिलो पटक प्रयास भएपनि सरकारी स्तरबाट अरु प्रयास हुन सकेको छैन ।
बैतडी जिल्लाको पाटन नगरपालिकाले रोजगारीका लागि भारत जानेहरुको स्थानीय सहकारीको सहयोगमा पहिलो पटक १ वर्षको ७ सय देखि १ हजार रुपैयामा कामका लागि भारत जानेहरुको जीवन बिमा गरिदिने गरेको छ ।
आप्रवासनका सवालमा कञ्चनपुर र डोटीमा कार्यरत निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीको भनाईमा सरकारले भारत आप्रवासनका सवालमा कानून बनाएरै अघि बढ्नु पर्छ । तेश्रो मूलुकमा एक जना नेपालीलाई समस्या परेपनि राज्यका सबै सम्यन्त्र लाग्ने गरेपनि भारतमा सयौ नेपालीले ज्यान गुमाउनु परेपनि कसैको ध्यान जान नसकेको छैन ।
भारत कामका लागि जानेहरुको समस्यालाई यो अन्तराष्ट्रिय आप्रवासन दिवशले भारत आप्रवासनलाई बैदेशिक रोजगार ऐन अन्तर्गत परेर उनीहरु प्रति न्यायोचित व्यवहार गर्न सकोस भन्ने धेरैले सुझाव दिएका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया