सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

तिन वर्ष देखी नविकरण नगरेका ३ सय ६३ संस्थाको दर्ता खारेजी

प्रकाश बम,मंसिर २९ डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा संस्था दर्ता ऐन २०३४ अन्र्तगत दर्ता भएका ३ सय ६३ गैरसरकारी संस्था दर्ता खारेजीमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तिन वर्ष देखि नविकरण नभएका संस्थाहरुको दर्ता खारेज गरेको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए ।

संस्था दर्ता ऐन अन्र्तगत दर्ता भई कामकाज गरेका तर लगातार ३ वर्ष देखी यता नविकरण नगरेका संस्थाहरुलाई ३५ दिने सुचना प्रकासन पश्चात सुचनाको म्याद समाप्त पछी दर्ता खारेज गरेको प्रमुख जिल्ला अधिकारी सुबेदीले बताए ।
दर्ता खारेज हुने संस्थाहरुमा साबिकका जिल्ला विकास समिति अन्र्तगत संचालीत उपभोक्ता समिति, मठ मन्दिर निमार्ण समिति, जल उपभोक्ता समिति रहेका जनाएको छ ।
नियमीत रुपमा संस्थाले परिपालन गर्नुपर्ने नियमहरु पालना गर्न नसक्दा संस्थाहरु दर्ता खारेजमा परेका गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले बताए ।

संस्था दर्ता गरिसके पछी वार्षिक रुपमा गर्नुपर्ने करचुक्ता,लेखापरिक्षण, नविकरण, साधारण सभा लगायतका काम समेत नगरेका कारण संस्था दर्ता खारिज गरेको उनले बताए ।

संस्थामा कार्यक्रम भएपनी नियमीत हुने नत्र नहुने भन्ने हुदैन त्यसैले संस्थाहरुले पनि यस विषयमा समयमै ध्यान दिन आवश्यक रहेको भन्दै संस्थाले परिपालन गर्नुपर्ने नियमहरुको सवालमा केही त्यस्तो समस्या भए हामीहरु सहयोग गर्न तयार अध्यक्ष कठायतले बताए ।
डोटी जिल्लामा जम्मा ६ सय १० दर्ता गैरसरकारी संस्था मध्य २०५५ सालदेखी २०७२ साल सम्म नविकरण नगरेका संस्थाहरु खारेजमा परेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष शर्माले बताए ।
अधिकृत शर्माका अनुसार डोटी जिल्लामा संस्था दर्ता ऐन अन्र्तगत २०४४ साल देखि संस्था दर्ता गर्ने कार्य सुरु भए देखि ६ सय १० गैरसरकारी संस्था दर्ता भएका थिए जसमा पटक, पटक गरि ४ सय २३ संस्थाको दर्ता खारेजी भईसकेको छ भने अब १ सय ८७ वटा गैरसरकारी संस्था दर्ता रहेका छन् ।

  • १ पुष २०७५, आईतवार ०४:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU