सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रधानमन्त्रीको प्रश्न : नारायणहिटीमा छिरेर कुर्सीमा राख्दैमा कोही शासक बन्छ ?

काठमाडाैं ।  प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहका संविधान विरोधी र अराजक गतिविधिले देश अफट्यारोमा पारेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्र र संविधान प्राप्त भएको बताउँदै देशलाई कसैले चाहँदैमा प्रतिगमनतर्फ धकेल्न नसक्ने बताए ।

पूर्व राजालाई नारायणहिटीको सिंहासनमा बसाउने चर्चाको टिप्पणी गर्दै उनले भने, ‘पूर्व राजालाई नारायणहिटीमा छिराउने,  कुर्सीमा बसाउने ? के कुरा गरेको ? कसैलाई कुर्सीमा बसाउँदैमा शासक बन्छ मान्छे ? मानिदिनु परेन ?’ उनले प्रश्न गरे,‘यो देशमा जनताले चुनेको राष्ट्रपति रामचन्द्र पौडेल के गर्नुहुन्छ ?’

फागुन ७ गतेको पूर्व राजाको सम्बोधनले आफूलाई अच्चमित पारेको बताउँदै उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधन सुनेर छक्क लाग्यो, उहाँ संविधानको कुरा गर्नुहुन्न, कानुनको कुरा पनि गर्नुहुन्न उहाँ, लोकतन्त्रको कुरा गर्नुहुन्न, प्रणालीको कुरा गर्नुहुन्न, प्रकृयाको कुरा गर्नुहुन्न, मलाई साथ दिनुहोस्, म आउँछु,  देश बचाउँछु भन्नुहुन्छ,  देश के भएको छ ?’

राजावादीहरूका यस्ता अस्थिर र अराजक क्रियाकलापले देश अफट्यारोमा परिरहेको उनले बताए । पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य सुसंस्कृत ढंगले देशलाई लोकतान्त्रिक बाटोबाट संविधान र कानुनसम्वत् ढंगले काम गर्नुपर्ने र सिकाउने ठाउँमा चुनावमा भोट मागे जस्तै मलाई साथ दिनुस् म आउँछु, नभन्न उनले पूर्वराजालाई सुझाए ।  ‘कहाँ आउने उहाँ ? राजनीतिमा आउनुस् हामी स्वागत गछौं, ’उनले भने, ‘उम्मेदवार बन्नुहुन्छ र साथ माग्नुहुन्छ भने मजाले पाइन्छ । के मा साथ माग्नुहुन्छ ? अलि बुझेर मात्रै गर्नुस् ।’

त्यस्ता कुरालाई साथ दिएर देशलाई पछाडि फर्काउने कुरा पनि भइरहेको उनले बताए । देश र जनताको मनोभावनालाई भाँड्ने प्रयास भइरहेको पनि उनले बताए । राष्ट्रिय एकतालाई मजबुत बनाउन छाडेर धर्म, जात, समूह, क्षेत्रका नाममा टक्राएर देशलाई पछाडि धकेल्ने कुचेष्टा नगर्न उनले चेतावनी दिए । ‘यो बाटो सही होइन । कसैको व्यक्तिले दिएको संविधान हैन । संविधान सभाले दिएको देशले बनाएको संविधान हो,’ उनले भने, ‘जनताको बलिदानीपूर्ण संघर्षले बनाएको संविधान हो ।’ उनले देशलाई अस्थिरताबाट जोगाउन नै नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेको बताए । उनले भने,‘यो गठबन्धन आगामी निर्वाचनसम्मै चल्छ, सरकारबारे कसैले कुनै शंका नगर्दा हुन्छ ।’ देशलाई प्रतिगमनतर्फ फर्काउने चलखेलका विरुद्ध सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएको उल्लेख गर्दै सबै राजनीतिक दललाई उनले धन्यबाद दिए ।

प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले सुरुवाती चरणमा सुदूरपश्चिमको विकासका साथै यहाँको धार्मिक, ऐतिहासिक स्थलका बारेमा चर्चा गरेका थिए । उनले भने, ‘अब हुलाकी राजमार्ग छिट्टै पूरा हुन्छ, त्योसँगै दस वटा स्मार्टसिटी पनि बन्छन् ।’ उनले महाकाली करिडोर, दार्चुलाको खलंगाबाट छाङरु जाने बाटोका साथै व्यासहुँदै तिंकर ताक्लाकोटसम्म पुगाउने सडकमा ध्यान दिएको छौँ।’

सुदूरपश्चिमको विकासका विकासका योजना अगाडि बढाउने उनले बताए । यसवर्षदेखि नै मेडिकल शिक्षा र अस्पताल सञ्चालन गरेर चाँडै नै गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन हुने उनले बताए । उनले डडेल्धुराको कवर्डहल र सभाहल बनाउने कुराको प्रस्ताव अगाडि बढ्ने वित्तिकै काम सुरु हुने बताए । धनगढीको रंगशाला रंगशाला नभएर खेल मैदान भएको बताउँदै उनले भने,‘अत्याधुनिक रंगशाला बनाइने छ ।’

पश्चिम सेतीदेखि विभिन्न आयोजनाका सन्दर्भमा आफूहरुले ध्यान दिने पनि उनले बताए। ‘हामीले अपर कर्णाली समेत अगाडि बढाएका छौँ,’ उनले भने,‘पञ्चेश्वर जलविद्युत परियोजना सुचारु हुन्छ ।’ उनले सुदूरपश्चिमलाई आधुनिक र विकसित प्रदेश बनाउनु आफूहरूको चहना रहेको बताए । ‘यहाँको आम्दानी वृद्धि गर्नुछ, रोजगारीका अवसर खोज्ने भनेर उद्यमशीलताको विकास गरिनेछ ’ आफूलाई महाकाली नदीको कटानको कुरा राम्रोसँग थाहा भएको उनले बताए । अहिले देशको अर्थतन्त्र विग्रिएको बताउँदै उनले भने,‘यसअघिको सरकारले अर्थतन्त्र डामाडोल बनाएको थियो, हामीले सम्हाल्ने प्रयास गरेका छौँ ।’

अर्थतन्त्रलाई विभिन्न ढंगले ट्रयाकमा ल्याइन लागेको उनले बताए । ‘अहिले बैंकमा पैसा छ । मान्छेमा विश्वास छैन,’ उनले भने,‘अर्थतन्त्रलाई बलियो बनाउँदै हामी जानेछौँ ।’ संघीय सरकार सातै प्रदेशका सकारलाई साथै लिएर चल्ने उनले बताए । प्रदेश सरकारले सबै स्थानीय तहलाई लिएर चल्नुपर्ने उनले सुझाव दिए ।

यसअघि आइतबार नै कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली हेलिकप्टरबाट महेन्द्रनगर पुगेका थिए । महेन्द्रनगरबाट उनी हेलिकप्टरमै धनगढी आइपुगेका हुन् । उनले धनगढीमा प्रदेश सभा बैठकको सम्बोधनपछि धनगढीमा रहेको धनगढी सभागृहको एक समारोहबीच उद्‌घाटन गरे ।

नागरिक दैनिकबाट

 

  • २६ फाल्गुन २०८१, सोमबार ०२:४३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU