सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपाल भारत मैत्री संघ पुनर्वासको मैत्री सभा तथा पाचौं अधिवेशन कार्यक्रम सम्पन्न

पुनर्मिवास । धनबहादुर बिक – फागुन ३ नेपाल भारत मैत्री संघ पुनर्वासको पाँचौ मैत्री सभा तथा अधिवेशन शनिबार पुनर्वास मा सम्पन्न भएको छ । नेपाल भारत को मैत्रीपूर्ण सम्बन्ध सौहार्दपुर्ण होस भन्ने उदेश्य ले आयोजना गरिएको दुबै तर्फका जनप्रतिनिधि सहितको उपस्थितिमा संघले उक्त कार्यक्रम को आयोजना गरेको हो । नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौ उपशाखा कार्यालय पुनर्वास त्रिभुवनबस्ती कञ्चनपुरले नेपाल भारत मैत्री संघ पुनर्वासको पाँचौ अधिवेशन सम्पन्न गरेको छ । संघका सभापति बिस्वनाथ बिष्ट को सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहेका थिए । अधिवेशनले बिस्वनाथ बिष्टको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा गठन गरेको छ । समितिको उपाध्यक्षमा छबिलाल खनिया , महिला उपाध्यक्षमा मेनुका उप्रेती , सचिव मा नवीन कुमार तिमिल्सिना , कोषाध्यक्षमा देवि भट्ट सदस्यहरूमा कुबेरनाथ , तौला राना , राजेन्द्र सिंह धामि , खगेन्द्र ओझा , भरत कुमार बस्नेत , एक कुमार श्रेष्ठ र बिमल कुमार बिस्वकर्मा चयन भएका छन । कार्यक्रममा छिमेकी राष्ट्र भारत लखिमपुर खिरि घोला ग्राम पञ्चायत का प्रधान जोगराम सिंह , सुमेरनगर ग्राम पञ्चायत का प्रधान सुनिल सिंह , मिर्चिया ग्राम पञ्चायत का प्रधान कुलदिप सिंह , बसहि ग्राम पञ्चायत प्रधान राजनाथ यादव , रानिनगर ग्राम पञ्चायत प्रधान जितेन्द्र यादव अमर उज्याला पत्रकार बिरेन्द्र सिंह लगायत अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि का रूपमा रहनुभएका पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले छिमेकी राष्ट्र भारतको विभिन्न ग्राम पञ्चायतबाट आएका प्रधानहरूलाई स्वागत गर्दै यो कार्यक्रम ले दुई देश बिचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने कुरामा जोड दिनुभयो ।
सम्बन्ध लाई अझ गहिरो बनाउन सर्वसाधारण नागरिकहरूलाई कार्यक्रम को सकारात्मक पक्षमा सचेतना गराउन दुबै तर्फका जनप्रतिनिधि हरूको नैतिक जिम्मेवारी रहने नगर प्रमुख शर्माले औंल्याउनुभयो । निवर्तमान नगर प्रमसख जिबनराज थापाले नेपाल र भारत विगत ईतिहासदेखि रोटी र बेटिको सम्बन्ध रहि आएको छ यद्यपि बेलाबेलामा सिमा विवाद का समस्या पनि आईरहन्छन जसले गर्दा सिमा क्षेत्र का आम नागरिकले दुख पाउने गरका छन यस्तो परिस्थितिमा दुबै तर्फका जनप्रतिनिधि तथा जिम्मेवार नागरिकले सम्बन्ध सुधारका लागि भुमिका निर्वाह गर्नुपर्ने थापाले जोड दिएका थिए । रानिनगर ग्राम पञ्चायत प्रधान जितेन्द्र यादवले नेपाल भारत मैत्री संघले आयोजना गरेको कार्यक्रम अत्यन्तै ऐतिहासिक तथा प्रभावकारी रहेको बताए । हामीले अपेक्षा गरेको भन्दा बढी माया र सम्मान पायौं हामिहरू अत्यन्तै खुसि भएका छौ यादवले बताए । घोला लखिमपुर खिरि ग्राम पञ्चायत प्रधान जोगराम सिंहले मैत्री संघले आयोजना गरेको कार्यक्रम को धन्यवाद दिँदै यस्ता कार्यक्रम हरू दुई तीन महिनाको अन्तर मा नियमित भैरहनुपर्ने बताए । उनलेे सिमा क्षेत्रमा हुनसक्ने नकारात्मक गतिविधि लाई न्युनिकरण गर्न आफ्नो तर्फबाट पनि पहलकदमि गर्ने प्रतिबद्धता व्यक्त गरे । निवर्तमान नगर उप प्रमुख सारदा बिष्ट धामीले पछिल्लो समय भारतमा उत्पादित अखाद्य पेय पदार्थ अवैधरूपमा नेपाल भित्रीने गरेको र त्यसको सेवनले आम नेपाली नागरिक हरूको स्वास्थ्य मा प्रतिकुल असर परिरहेको बताउनुभयो ।
त्यसलाई रोक्न नेपाल तर्फबाट धेरै प्रयासहरू हुँदै आएपनि नियन्त्रण हुन सकेको छैन । त्यसतो अखाद्य पेय पदार्थ को भारतीय प्रशासनले पनि चेकजाँच तथा अनुगमन गरि प्रतिबन्ध गरिनुपर्ने धामिले जोड दिनुभयो । उहाँले खुला सिमानाको फाईदा उठाउदै केही गिरोहले मानव तस्करी तथा मानव बेचबिखन जस्ता जघन्य अपराध गराउने गरेको उल्लेख गर्दै मित्र राष्ट्र भारत का जनप्रतिनिधि ले त्याहाँ को प्रशासन को सहयोगमा यस्ता अपराध लाई नियन्त्रण गर्न लाग्नुपर्ने कुरामा जोड दिनुभयो । आफ्नो कार्यकालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पटकपटक त्यसता जनचेतनामूलक कार्यक्रम को आयोजना गर्दै आएको धामीले बताउनुभयो । कार्यक्रममा पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझीले खुला सिमा नाकाको फाईदा उठाउदै अवैध कारोबार मा वृद्धि हुँदै आएको ठहर गर्दै कर छलि गरि भारतीय मालसामान हरू निर्वाद रूपमा भित्रीने गरेको उनलेे बताए । विगत एकदशक यता नेपाली बजारको अवस्था धरासायी हुँदै आएका छन सिमावर्ति भारतीय बजारहरूमा बार्है महिना घुईचो लाग्ने गरेको छ ।
सिमा नाकामा सशस्त्र प्रहरी हरू तैन त छन यद्यपि अवैध निकासीपैठारीमा कमि आउन सकेको छैन यश तर्फपनि नेपाल भारत मैत्री संघले दुबै देशका प्रशासन संग समन्वय गरि समस्या सुल्झाउनुपर्ने मा उनलेे जोड दिए । सिमावर्ति बजार फस्टाउदै गएको र नेपाली बजार मा कारोबार नहुदा स्थानीय व्यापारी हरू आर्थिक मारमा परेका छन यसलाई सहजिकरण गर्न नेपाल भारत मैत्री संघ र स्थानीय सरकारले पहल गर्नुपर्ने उनले सुझाव दिए सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै अतिथि तथा सुदूरपश्चिम प्रदेश आविष्कार संयोजक रामचन्द्र नेपाल ले भारत र नेपाल मित्रताको लामो ईतिहास रहेको चर्चा गर्दै बिस्वको सबै राष्ट्र प्रवेश गर्दा वा बिदेशी हरू नेपाल आउदा पासपोर्ट वा भिजा चाहिन्छ तर नेपाली हरू भारत जाँदा वा भारतीय नागरिक नेपाल आउन कुनै पासपोर्ट भिजा चाहिदैन यो नै मित्रताको ज्वलन्त उदाहरण रहेको नेपाल ले बताए ।
धेरै नेपाली हरू भारतमा रोजगारी गर्छन भने भारतीय हरूपनि नेपाल को विभिन्न शहर हरूमा व्यापार व्यवसाय गर्दै आएका छन कुनै रोकटोक छैन , यसलाई अझ व्यवस्थित बनाउन सकिएमा सम्बन्ध अझ राम्रो बन्न सक्ने उनले जोड दिए ।त्रता खाली बोलिले मात्रै प्रयाप्त नहुने जिकिर गर्दै जसरि भारतमा उत्पादित तरकारी , फलफूल ले नेपाल मा बजार पाउदै आएको छ त्यसैगरी नेपाली किसानले उत्पादन गरेका कृषि उपज हरू भारतीय बजारमा सहजरूपमा बिक्रीवितरण गर्ने वातावरण सृजना गर्न संघ तथा जनप्रतिनिधि ले भुमिका निर्वाह गर्न सकेमा सहि रूपमा मित्रता कायम भएको मान्न सकिने नेपाल ले जोड दिए । नेपाल भारत मैत्री संघ पुनर्वास मा क्रियाशील रहँदैगर्दा नेपाल भारत को मित्रतालाई कायम राख्दै सुमधुर सम्बन्ध बनाउनमा संघले भुमिका निर्वाह गरोस खाद्य अधिकार मञ्च पुनर्वास का अध्यक्ष कञ्चन गिरिले जोड दिए ।
यद्यपि यसका सकारात्मक वा नकारात्मक पक्ष पनि रहेका छन । खुला सिमानाका का कारण केही विकृति हरू पनि मौलायको अवस्था छ जसले गर्दा सोझासाझा नेपाली हरू ले समस्या खेप्नुपरेको छ उनलेे भने । सो अवसरमा उधोग बाणिज्य संघ पुनर्वास का पुर्व अध्यक्ष बिरबल बिस्वकर्माले दुबै देशवासी को मैत्रीपूर्ण सम्बन्ध बनाउदै गर्दा बेलाबेलामा सिमा क्षेत्र का आम नागरिक हरूले झेल्नुपरेको बिबिध समस्या लाई पनि नजरअन्दाज गर्न नहुने कुरामा जोड दिनुभयो । कसैको अधिकार सुनिश्चित गर्दा कतै मानवअधिकार हनन त भएको छैन त्यसतर्फ पनि मैत्री संघले चासो राख्नुपर्ने उहाँले ध्यानाकर्षण गराउनुभयो ।
खुला नाका ले गर्दा बेलाबेलामा नेपाली हरूले विभिन्न प्रकारका समस्या झेल्नुपरेको समस्या लाई उठान गर्दै यो संघले कुटनैतिक पहल गर्नुपर्ने उहाले जोड दिनुभयो । कार्यक्रममा संघका अत्तरिया सभापति हरि प्रसाद अधिकारी ले नेपाल भारत मैत्री संघको ईतिहास झण्डै ६८ बर्ष पुरानो रहेको बताए , भारत स्वतन्त्र भईसके पश्च्यात राष्ट्रकवि माधव प्रसाद घिमिरे को अध्यक्षतामा पहिलोपटक यो संस्था को स्थापना भएको र झण्डै २८ बर्ष सम्म संघिय राजधानी काठमाण्डौं मै सिमित रहँदै आएको मा हाल आएर देशैभरि को जिल्ला जिल्ला तथा विभिन्न क्षेत्रमा विस्तार हुँदै आएको उनलेे जानकारी दिए ।
मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरि शंकर ठाकुरले नेपाल भारत मैत्री संघको पहलमा नेपाल मा थुप्रै विभिन्न शिपमुलक कार्यक्रम हरू सञ्चालन हुँदै आएको र पुनर्वास मा रहेको संस्थाले पनि माग गरेको खण्डमा त्यसता कार्यक्रम हरू सञ्चालन गर्न सकिनृ बताए । सिमा क्षेत्रमा हुने नकारात्मक गतिविधि का बिषयमा दुबै देशका सिमा क्षेत्रमा बसोबास गर्ने बुद्धिजीवी , सरकारी अधिकारी तथा जनप्रतिनिधि लाई जमघट गराई त्यसता गतिविधि लाई न्युनिकरण गर्न नेपाल भारत मैत्री संघले पहल गरोस कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका थिए । संघ का उपाध्यक्ष मेनका उप्रेतीले स्वागत गरेको कार्यक्रम को सञ्चालन सचिव नवीन कुमार तिमिल्सिनाले गरेका थिए।
  • ४ फाल्गुन २०८१, आईतवार १३:५४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU