सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

वृत्ति विकासको माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने लेखाका कर्मचारीहरूको घोषणा

धनगढी। सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारीहरूले आफ्नो वृत्ति विकास सुनिश्चित नभएसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्। आइतबार बसेको बैठकमा उनीहरूले प्रदेश सरकारप्रति असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

प्रदेश सरकारले सामान्य प्रशासन समूहको मात्र वृत्ति विकास सुनिश्चित हुने गरी प्रदेश निजामती सेवा ऐन र नियमावली बनाएको आरोप लगाउँदै लेखा समूहका कर्मचारीहरूले यो निर्णय आफूहरूका लागि अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूको भनाइमा, ऐनले लेखा समूहका कर्मचारीहरूको वृत्ति विकासको बाटो अवरुद्ध गरेको छ।

आन्दोलनका कार्यक्रमअन्तर्गत कर्मचारीहरूले प्रदेश लोक सेवा आयोगलाई सामान्य प्रशासन समूहको विज्ञापन रोक्न र लेखा समूहको वृत्ति विकासका लागि तत्काल “ओ एण्ड एम” प्रक्रिया अघि बढाउन माग गरेका छन्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

बैठकमा लेखा नियन्त्रक वासुदेव जोशीको अध्यक्षतामा आन्दोलनका कार्यक्रम तय गरिएको थियो। आन्दोलनका प्रारम्भिक चरणमा पुस २२ देखि २४ गतेसम्म प्रदेशका सबै लेखा कार्यालयमा कर्मचारीहरूको छलफल गर्ने, पुस २५ देखि पेन डाउन गर्दै कार्यालयहरूमा धर्ना बस्ने, र आवश्यकता अनुसार आर्थिक मामिला मन्त्रालय तथा मुख्यमन्त्री कार्यालयमा समेत धर्ना दिने निर्णय गरिएको छ।

कर्मचारीहरूको दाबीअनुसार प्रदेशमा समायोजन भएका लेखा समूहका १९१ जना कर्मचारीमध्ये करिब आधा जति वृत्ति विकास नहुँदा अवकाश भइसकेका छन्। उनीहरूले ऐन र नियमावलीमा संशोधन गरी लेखा समूहका कर्मचारीहरूको वृत्ति विकास सुनिश्चित गर्न माग गर्दै पटक–पटक ध्यानाकर्षण गराएका थिए। तर, माग पूरा नभएपछि बाध्य भएर आन्दोलनमा जानुपरेको उनीहरूको भनाइ छ।

कोशी र लुम्बिनी प्रदेशमा प्रशासन सेवाको वृत्ति विकासलाई समान रूपमा सुनिश्चित गर्न समूह विभाजन हटाइएको उदाहरण दिँदै लेखा समूहका कर्मचारीहरूले सुदूरपश्चिम प्रदेशमा पनि यस्तै व्यवस्था गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी समायोजन ऐनअनुसार समान व्यवहार गर्न असफल भएको छ।

संघीय र प्रदेशका कर्मचारीहरूबिच तलब र भत्तामा देखिएको असमानताले पनि कर्मचारीहरूको आक्रोश थप चुलिएको छ। संघीय सरकारबाट खटिएका कर्मचारीहरूलाई बम्पर सुविधा दिइए पनि प्रदेशमा समायोजन भएका कर्मचारीहरूको वृत्ति विकासमा प्रदेश सरकार गम्भीर नभएको उनीहरूको आरोप छ।

आन्दोलनका क्रममा प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल, आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, र अर्थ सचिव झलकराम अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइसकिएको छ। माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने लेखा समूहका कर्मचारीहरूको चेतावनी छ।

उनीहरूले सुदूरपश्चिम प्रदेश सरकारलाई तात्कालिक रूपमा समस्या समाधान गर्न र आफ्नो वृत्ति विकासको बाटो खोल्न आह्वान गरेका छन्। माग सम्बोधन नगरे सरकारलाई थप दबाब दिने आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएका छन्।

 

  • २२ पुष २०८१, सोमबार १६:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU