जखौर ताल सरसफाई अभियानले तिब्रता लियो "सरसफाई अभियानको तेस्रो "
धनगढी, २२ मंशिर । धनगढी उप–महानगरपालिका नगरकार्यपालिकाले मंशिर ८ गते देखी सरसफाई अभियान शुरु गरिको तेस्रो हत्तामा आई पुग्दा सरसफाईले तिब्रता पाएको छ ।

जैबिक बिबिधताको संरक्षण र पर्यटकहरुलाई आकर्षण गरि जखौर ताललाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन तालको सरसफाले तिब्रता पाएको हो । कुरुप अबस्थामा रहेको ताललाई मनमोहक रुपमा देखाउनको लागी पनि सरसफाई अभियानको सुरुवात गरेको धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले वताउनु भयो ।

बिभिन्न संघ सस्था, नागरीक समाज, सुरक्षा निकाय र सामुदायिक वन उपभोक्ता समुहहरुले स्वमसेवी रुपमा हालसम्म यो अभियानमा सहभागी भई काम भई रहेको धनगढी उप महानगरपालिकाका सामाजिक बिकास अधिकृत टंक बिष्टले जानकारी दिए । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, कैलालीका अध्यक्ष डण्डीराज सुबेदीले तेस्रो हप्ताको कार्यक्रम अन्तर्गत आफ्नो अगुवाईमा सुनौलो भविष्य नेपाल, वन वाताबरण श्रमिक संघ, नेपाल सुदुर पश्चिम प्रदेश स्तरीय समिति, वरीपरि रहेका सामुदायिक वन उपभोक्ता समुहहरु क्रमश देवरीया सामुदायिक वन उपभोक्ता समुह, मनहेरा सामुदायिक वन उपभोक्ता समुह, सृजना महिला सामुदायिक वन उपभोक्ता समुह, समैची सामुदायिक वन उपभोक्ता समुह, जालि सामुदायिक वन उपभोक्ता समुह, भागेश्वर सामुदायिक वन उपभोक्ता समुह, सिताराम सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत करीव १७५ जनाको सहभागीता रहेको थियो ।
वन वाताबरण श्रमीक संघ, नेपालका केन्द्रिय सदस्य तुलसी देबकोटा ले वाताबरण सफा राख्न वन जंगल संरक्षण गदै ताल सरसफाई गरि स्वच्छ वाताबरणमा पर्यटकहरुलाई घुम्ने स्थान वनाउन पनि यो अभियानले टेवा पुग्ने धारण ब्यक्त गर्नु भएको थियो । त्यसै गरि धनगढी उप महानगरपालिकाका उप प्रमुख सुसिला भटृ मिश्रले सबै नागरीकको चाहान अनुसार उपमहानगर पालिकाले जखौर तालको जलकुम्भी हटाउने काम गरी रहेकोले आजको हप्तासम्म काम गर्न सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गर्नु भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया