रिहाइ नगरे काग्रेस कैलालीले कडा आन्दोल गर्ने
धनगढी २१ मंसिर । कैलालीको मोहन्याल गा“उपालिका वडा नं.३, फलेविसौनामा निर्माणाधिन सडकमा सालका रुख काटेको आरोपमा दुई जना पक्राउ गरेको प्रति नेपाली काँग्रेस कैलालीले बिरोध जनाएको छ ।
उक्त निर्माणधिन सडकका सालको रुख काटेको आरोपमा मोहन्याल गाउपालिका वडा नं.३ नेपाली काग्रेसका तर्फबाट विजयी वडा अध्यक्ष नन्द राज गिरी (नबिन) र समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जय गिरी (जनक)लाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको नेपाली काँग्रेसको ठहर छ ।
नेपाली काँग्रेस कैलालीका सचिव पुर्ण कुँवरले शुक्रबार बिज्ञप्ती जारी गर्दै सत्ताको छत्र छाया“ पायका केहि स्थानिय र वन प्रशासनको मिलिमतोमा राजनितिक प्रतिशोधका कारण उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
उक्त घटना जबरजस्ती पुर्वाग्रही ढंगबाट काँग्रेस भएकै कारण फसाउन खोजिएको भन्दै तत्काल पक्राउ गरेकालाई छोडी सत्यतथ्यको छानविनको माग समेत बिज्ञप्तीमा अनुरोध गरिएको छ ।
घटनाको जिम्मेबारी कुनै अमुख पार्टीले जिम्मेबारी लिईसकेकोले आफ्ना कार्यकर्तालाई रिहाईको माग गरको छ । अन्यथा आफ्ना निर्दोष साथिहरुको रिहाइको लागी नेपाली काग्रेस कैलाली कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया