पद्धती बदलियो मानसिकता बदलिएनः उप प्रमुख भट्ट
धनगढी,२१ मंसिर । धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशिला मिश्र भट्टले पद्धती वदलिएपनि मानसिकता नबदलिदा संघियता कार्यान्वयनमा समस्या आईरहेको बताएकी छन् ।
शुक्रवार संघिय ब्यबस्थामा स्थानीयतहको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सुझाव संकलन गर्ने बिज्ञटोलीहरु संगको छलफल कार्यक्रममा उप प्रमुख भट्टले यस्तो गुनासो गरेकी हुन । उनले भनिन् यसका लागि संघिय र प्रदेशतहमा बसेका र निति निर्माण गर्नेहरुले बुझ्नु आवश्यक रहेको छ । संघिय र प्रदेशका टुट्टै जनता हुदैनन् उपप्रमुख भट्टले भनिन्, जनता स्थानीयतहमा छन् सबैले तिनै जनताका लागि काम गर्ने हो ।
उनले स्थानीयतहमा भएका अधिकारहरु मौका पाएमा प्रदेश र संघ खोस्न तयार रहेको बताईन । उप प्रमुख भट्टले भनिन्, सबैले आफ्ना एकल र साझा अधिकारहरुको कार्यान्वय गरेमा समस्या नै छैन । स्थानीयतहलाई स्वास्थ्य सम्वन्धी निति बनाउने बजेट बिनीयोजन गर्ने अधिकार भएपनि कर्मचारीहरुको ब्यबस्थापन चुनौतीपूर्ण छ नगरउपप्रमुख भट्टले भनिन्, मानसिकता हिजोको नै रहदा अहिले पनि स्वास्थ्य लगाएका क्षेत्रमा चाहेको सुधार हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डाक्टर सुधा शर्माले संघिय संरचनामा स्वास्थ्य क्षेत्रलाई कसरी ब्यबस्थीत बनाउने भन्नेबारे आफुहरुले सुझाव लिने काम गरिरहेको बताईन । उनले भनिन्, हिजो एउटा ब्यबस्था थियो अहिले फेरीएको छ त्यसैले स्थानीयतहले आफै स्वास्थ्य क्षेत्रको ब्यबस्थापन गर्नुपर्ने हुन्छ । उनले यसै बिषयमा सुदूरपश्चिम प्रदेशमा कार्यशाला आयोजना गरेर सुझाव लिने बताईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया