सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दुर्घटना, सोती नरसंहार र भूकम्पमा परिवार गुमाएकी लक्ष्मीको अर्को पीडा
"सवारी दुर्घटनामा श्रीमान् गुमाइन्, सोती हत्याकाण्डमा छोरा। वियोगैवियोगमाथि विनाशकारी भूकम्प थपियो र घर भत्कियो, उनी घाइते भइन्। शोक र भूकम्पको घाउले लक्ष्मी सुनारलाई अझै पोलिरहेको छ। "

काठमाडौँ— “तिमी घर गइहाल, म पछि आउँछु..” श्रीमान् गोपालले २०७३ फागुन २६ गते बिहान जाजरकोट खलंगास्थित ठाँटीमा लक्ष्मी सुनारलाई भनेका थिए। लक्ष्मी घरतिर लागिन्। तर ‘पछि आउँछु’ भनेका श्रीमान् कहिल्यै घर आएनन्। बरु फागुन २७ गते एकैपटक घाट पुर्‍याइए।

फागुन २६ गते बेलुका ४ बजेतिर भेरी नगरपालिका—४ बोहरामा बस दुर्घटना हुँदा २७ जनाले ज्यान गुमाए। ३५ जना घाइते भए। ज्यान गुमाउनेमा लक्ष्मीका श्रीमान् गोपाल पनि थिए।

आफूमाथिको त्यो बज्रपात लक्ष्मी (३२)ले बिर्सिन सकेकी छैनन्। “छोरीलाई घर जाऊ भन्द बाबुसँग आउँछु भनी…। छोरी पनि दुर्घटनामा परेर घाइते भइन्। बोहराबाट गाडी खस्यो भनेर मटेलामा हल्ला भएपछि पासागारा (बस खसेको खोँच) गएँ,” उनी भन्छिन्।

लक्ष्मीले १३ वर्षको उमेरमा बिहे गरेर १५ वर्षकै उमेरमा पहिलो सन्तान जन्माइन्। उनले गोपालसँग जीवनका दुई दशक बिताइन्। गोपालले काठमाडौँ आएर सिकर्मी र डकर्मीको दक्षता हासिल गरे। खलंगा फर्किएका उनी चिनिएका मिस्त्री थिए। अरूलाई प्रशिक्षणसमेत दिन्थे।

जाजरकोटका धेरै घर र कार्यालयसँग गोपालको परिश्रमको साइनो छ। लक्ष्मी भन्छिन्, “जेठोलाई एक महिनाअघि मात्र मलेसिया पठाएका थियौँ। कान्छो र छोरीलाई राम्रोसँग पढाउने सोच थियो। बुढाले मिस्त्री गर्नुहुन्थ्यो। खर्चबर्चको अपुग थिएन।”

श्रीमानको मृत्युपछि लक्ष्मीलाई घरको जिम्मेवारी थपियो। परिवारको आर्थिक अवस्था संकटमा धकेलियो। एक महिनाअघि मलेसिया पुगेका जेठा छोरा रामबहादुर पनि म्यानपावर कम्पनीबाट ठगिए।

लक्ष्मीको स्वास्थ्यसमेत प्रतिकूल भयो। तर उनले हिम्मत जुटाइन्। “कर्ममा यस्तै रहेछ। जेजस्तो भयो भयो… छोराछोरीको मुख हेरेँ,” उनी भन्छिन्, “घरमा आडभर दिने मान्छे नभएर गाउँ समाजले हेला गर्थे। ‘हामी छौँ ममी’ भन्ने मेरो भरोसा छोराछोरी भएका थिए।”

बज्रपातमाथि बज्रपात
चार वर्षपछि लक्ष्मीले अर्को बज्रपातको सामना गर्नुपर्‍यो। त्यो बज्रपात रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरूले निम्त्याइदिएका हुन्।

२०७७ जेठ १० गते अन्तरजातीय प्रेमका कारण सोतीका गाउँहरूको कुटाइबाट जाजरकोटका नवराज विकसहित छ युवाहरूको ज्यान गयो। ज्यान गुमाउनेमा लक्ष्मीका कान्छा छोरा लोकेन्द्र पनि परे। उनी भन्छिन्, “निर्दोष छोरालाई मारे।”

लोकेन्द्र सुर्खेतमा सुनचाँदीको काम गर्थे। कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भयो। उनी २०७६ चैततिर जाजरकोटस्थित घर पुगे। घरमा आमासँग भनेका थिए, “अब जाजरकोटमै सुनचाँदी व्यवसाय गर्छु। सामानहरू सुर्खेतबाट ल्याउँछु, सबै सिकिसकेँ। अब दुःख गर्नुपर्दैन। सोतीका गाउँले रनखान दिएनन्।”

शीतल मावि चौरजहारी रूकुमबाट कक्षा १० उत्तीर्ण गरेका लोकेन्द्र जाजरकोटबाट सुर्खेत फर्किन पाएन्। सुनचाँदी पसल खोल्ने उनको सपना पनि भेरीमा बग्यो। छोराको न्यायका लागि लक्ष्मीले निरन्तर लडिरहहिन्। उनी भन्छिन्, “घटनैघटना भएर धेरै कुरा याद हुन छाड्यो।”

कति घटनाको त लक्ष्मीलाई तिथिमिति याद छैन। तर केही मिति यस्ता छन्, जसले झस्काइरहन्छन्। त्यसमध्येको एक हो २०८० कात्तिक १७ गते राति बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प। जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा लक्ष्मी पनि परिन्।

“खानापिन गरेर सुतेका थियौँ। आएर च्याप्यो। पछि त केही थाहा पाइनँ, थरररर हुँदा सुनेको हुँ। टिनको घर थियो, भत्कियो। माटोढुंगा सबै टाउकोसम्मै परेको याद छ,” लक्ष्मीले भनिन्।

अधुरो उपचारको पीडा
जग्गाजमिन प्रशस्त थिएन। ऐलानी जग्गामा घर थियो। त्यो पनि भूकम्पले भत्काइदियो। घाइते भएकी लक्ष्मीलाई उपचारका लागि भोलिपल्ट मात्र उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याइयो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल पुर्‍याइयो। बल्ल उनको होस् खुलेको थियो।

प्रदेश अस्पतालले राम्रोसँग उपचार नगरिदिएको उनको गुनासो छ। नौ दिन उपचार गरेपछि उनलाई बिदा गरिएको थियो। “तपाईंलाई ठिक भइसकेको छ, गइहाल्नुहोस् भनेर डाक्टरले भने। टाउको दुखिरहेको थियो। फर्किएर आएपछि पनि धेरैपटक घरमा थला परेँ।”

उनलाई चक्कर लागिरहन्थ्यो। जाजरकोटमा टाउको जाँच र उपचार हुने ठूलो अस्पताल छैन। ठूलो ठाउँमा उपचार गरे निको होला भन्ने उनमा आशा पलायो। एकपटक काठमाडौँ गएर जाँच गर्ने विचारले चिनजानका आफन्तलाई भनिन्। अनि उनीहरूसँगै आएर काठमाडौँ मेडिकल कलेज पुगिन्।

सीटीस्क्यान र एमआरआई गरेपछि टाउको दायाँ भागमा रगत जमेको रिपोर्ट आयो। डाक्टरहरूको सल्लाहअनुसार अप्रेशन गर्नुपर्ने भयो। अप्रेशन गरेर टाउकोमा चार वटा तार हाल्नुपर्ने डाक्टरले बताएका छन्। “२–४ लाखै लाग्छ भन्नुभएको छ। पैसा छैन। भुकम्पले गर्नुसम्म गर्‍यो,” उनले निराशा व्यक्त गरिन्।

आफू भूकम्पको घाइते भए पनि स्थानीय, प्रदेश र संघी कुनै पनि सरकारले उपचारमा सहयोग नगरेको उनको गुनासो छ। जाजरकोटको भेरी नगरपालिकाले उपचार गरिदिन भन्दै काठमाडौँ मेडिकल कलेजलाई २–३ पटक पत्र भने लेखिदिएको थियो।

“औषधि हामीले बेहोरे पनि अप्रेशन गर्ने उपचारहरू तपाईंले नै बेहोर्नु भनेको छ। त्यो किन्न सकिरहेको छैन,” लक्ष्मी भन्छिन्, “दुःख जति मेरा मात्र रहेछन्। अब सास मात्र बाँकी छ। यही पनि टाउकोको रोगले भत्काइदिन्छ कि भन्छु।”
उकालोबाट

  • २८ जेष्ठ २०८१, सोमबार १५:४४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU