बझाङ जिल्लामा मानसिक रोगीको उपचारमा समस्या
डीबी विष्ट मंसीर १८ बझाङ । जिल्लामा मानसिक रोगीको संख्या दिन प्रतिदिन बढ्दै गए पछि उपचारमा समस्या हुने गरेको छ । सामान्य खालका मानसिक रोगीहरु लाई समान्य चेकजाँच र औषधी दिने गरिएको भएपनि जटिल खालका मानसिक रोगीहरुले भने उपचार पाँउन सकेका छैनन् ।
नेपालको संबैधानिक ईतिहासमा बर्तमान संबिधानमा स्वास्थ्य लाई मानवको मौलिकहकमा समाबेस गरेको भएपनि दुर्गमका नागरिकहरुले भने मानशिक रोगको समेत उपचार पाँउन नसक्दा बर्षेनी मानसिक रोगीहरुको सख्या दिन प्रतिदिन बढ्दै गई रहेको छ । जिल्ला भरीका स्वास्थ्य संस्थाहरुको बहिरंग सेवा लिन आउने विरामीहरु मध्ये २० प्रतिशत विरामी मानशिक रोग लागेका हुने गरेको र जिल्लामा यस सम्बन्धी उपचारको व्यवस्था नहुदा उनिहरुले उपचार सेवा नपाउने गरेको स्वास्थ्यक्रर्मीहरुको भनाई छ । बझाङ जिल्लाका चार वटा स्वास्थ्य संस्थाहरुमा मात्र समान्य रुपमा समान्य किसिमका मानशिक बिरामीहरुलाई चेकजाँच र औषधी दिने गरेको भए पनि अन्य स्वास्थ्य संस्थाहरुमा भने चेकजाँच र उपचारको समेत सुबिधा नभएको स्थानीय बासिन्दाको गुनासो छ ।
जिल्ला स्वास्थ्य कार्यालयका बझाङ कार्यलय प्रमुख डाक्टर अनुप रेग्मीका अनुसार दैनिक दुई तिन जना मानसिक रोगको समस्या लिएर जिल्ला स्वास्थ्य कार्यालयमा आउने गरेको बताए । हामीले समान्य डिप्रेशनको मात्र उपचार हुने गरेको र जटिल प्रकारको मानशिक बिरामीलाई उपचार गर्न असहज हुने गरेको उहाँको भनाई छ । बिषेशज्ञ सेवा नभएका कारण मानसिक रोगीको उपचार हुन नसकेको समेत डाक्टर रेग्मीको भनाई छ ।
केही वर्ष पहिला मानसिक रोग परार्मश केन्द्र नामक गैरसरकारी संस्थाले जिल्ला अस्पतालमा डेस्क स्थापना गरि मानसिक रोगीहरुको उपचार र परामर्श सेवा दिदै आएको भए पनि केही बर्ष अगाडी नै उक्त संस्था जिल्ला बाट बाहिरीए पछि मानसिक रोगीलाई थप समस्या भएको छ । अर्काे गैरसरकारी संस्था प्रगतिशिल युवा समाजले जिल्लाका ४ वटा स्वास्थ्य संस्थामा रहेका मानशिक विरामीलाई उपचार परामर्श सेवा प्रदान गरिहेको भए पनि यो संस्थाको कार्यक्षेत्र सिमित भएका कारण अन्य गाँउपालिकाका धेरै विरामीहरु उपचार सेवाको पह“ुचबाट बाहिरै रहेको प्रगतिशिल युवा समाजका संयोजक लवराज जोशीले बताउनु भयो ।
संस्थाले काम गर्ने साबिकको ४ वटा गाविसमा मात्र ५० जनालाई समान्य खालको औषधी वितरण गरेको छ । साबिकको गाबिसमा मात्रै जटिल प्रकारको मानसिक रोगी जोडेर एक सय भन्दा बढी बिरामी छन् । नेपाल सरकारले सामान्य स्वास्थ्य संस्थाहरुमा मानसिक रोगीका लागी औसधी बाहेक अन्य सुविधा उपलब्ध गराउन सकेको छैन । उपचार अभावका कारण आफ्नो गाँउपालिकामा केहि बालबालीका यूवाहरुमाहरु समेत मानशिक रोग देखिएको खप्तड छान्ना गाँउपालिका अध्यक्ष बर्क रोकायाले भन्नु भयो स्थानिय सरकारले कती गर्न सक्छ र प्रदेश तथा केनद्र सरकारले कती सहयोग गर्नु पर्छ यसको मापदण्ड बनाएर कडाखालका मानसिक रोगी हरुको रिफर गरि बिषेसज्ञ डाक्टर द्धारा उपचार गराउन अनुदान दिने मापदण्ड तयार गरिनु पर्नेमा जोड दिनु भयो । वहाँले भन्नु भयो मानसिक रोग सम्बन्धी जनचेतना दिन पनि आबस्यक रहेको छ । रोग बढ्दै गए पछि परिवारले बेवारिसे रुपमा छोडिदिदा उनिहरुको दैनिकी झन कष्टकर र दयनिय हुदै गई रहेको छ ।
मानसिक रोग सम्बन्धी उपचारको व्यवस्था नभएका कारण बझाङका विभिन्न बजारहरुमा गम्भिर खालका मानसिक रोग लागेका विरामीहरुको संख्या बढ्दै गएको छ । सदरमुकाम चैनपुरमा मात्रै दुइ वर्ष यता अस्वभाविक व्यवहार प्रर्दशन गर्ने ६ जना भन्दा बढी मानसिक रोगीहरु वेवारिसे अवस्थामा भेटिएका छन । साबिकको माझीगाँउ गाबिसमा मात्र २३ जना मानसिक रोगीहरु छन् खप्तड छान्नागाँउपालिका स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र रोकायाले भन्नु भयो मानसिक रोगीको उपचार गर्नुको साटो परिवारले बेवास्ता गर्दा उहाँहरुको अवस्था गम्भिर हुने गरेको छ । उहाँले भन्नु भयो कडा खालका मानसिक रोगी लाई रिफर गरि उपचार गराउन सरकारले अनुदान सहयोग दिनु पर्यो ।
।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया