वन वाताबरण श्रमीक संघ नेपालको प्रथम अधिबेशन सम्पन्न
धनगढी, १८ मंसिर १८। वन वाताबरण श्रमिक सघ,नेपालको कैलाली जिल्ला अधिबेन संघका केन्द्रिय सदस्य तुलसी देबकोटा को अध्यक्षता तथा नेपाली कागेस कैलाली का सभापति नर नारायण शाह (मनु) को प्रमुख आथित्यतामा आज सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिका का नगर प्रमुख नृप व वड बिशिष्ट अथिति रहनु भएको कार्यक्रमको सञ्चालन वन वाताबरण श्रमिक सघ, नेपाल सुदुर पश्चिम प्रदेश अध्यक्ष श्री डण्डीराज सुबेदी ले गर्नु भएको थियो भने स्वागत मनतब्य के.सदस्य यादव प्रशाद भण्डारी ले गर्नु भएको थियो । प्रथम अधिबेसनले ११ सदस्यीय जिल्ला कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ जसमा अध्यक्ष शेर व साउद उपाध्यक्ष रेखा देबी देबकोटा सचिव यशोदा भण्डारी कोषाध्यक्ष रंगा कुमारी भटृराई सह सचिव भरत भण्डारी सदस्यहरु लक्ष्मी चलाउने,ईश्वरी रावल,निलम शर्मा,चन्द्रा खत्री,अनिता चौधरी,अन्नतरानी चौधरी रहेका छन ।

अधिवेसनलाई शुभकामना दिदै नगर प्रमुख नृप व. वड ले वनमा काम गर्ने श्रमिकहरुको हक अधिकारहरु सुनिश्चित गर्नको लागी यस संघले काम गर्ने मा आफू आशावादी रहेको स्थानिय सरकारले गर्नु पर्ने सबैखालका सहयोग गर्न आफू तयार रहेको वताउनु भयो । नेपाली कागेस कैलाली का सभापति नर नारायण शाह ले देश भरी करीव २५ लाख श्रमीक रहेको तर सबै असगठीत रुपमा रहेकाले उनीहरुको अधिकार हाल सम्म सुनिश्चित नभएकोले यस संघले आगामी दिनमा सशक्त भई त्यस्ता कार्यमा श्रमिकको अधिकारको लागी लाग्नु पर्ने जोड दिनु भएको थियो । त्यसै गरी कार्यक्रमको समापन मा के सदस्य तुलसी देबकोटाले श्रमीकको अधिकारको लागी स्थापना भएको एक मात्र प्रतिनिधि मुलक संघ भएकोले सबै यसमा आबद्र भई श्रम गरि रहेका सबै त्यसमा पनि वन क्षेत्रमा काम गरी रहेका सबैलाई यस संघमा आबद्र हुन अनुरोध गर्नु भएको थियो । प्रथम जिल्ला अधिबेशनमा कैलाली जिल्ला १३ वटै स्थानिय तहका अध्यक्ष प्रतिनिधि लगायत करीव ९० जनाको उपस्थिती रहेको थियो भने पत्रकार ,नागरीक समाजका अगुवा र सामुदायिक वनका अध्यक्षहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रम मा शिवपुरी सा.बका अध्यक्ष वुदि व. खडका, नेपाली कागेस कैलाली कार्यसम्पादन समिति सदस्य नृप व. सुनार वन वाताबरण श्रमीक सघ, कैलारी गा. पा स्तरीय समितिका अध्यक्ष राचरण चौधरी लगाएतका अथितिहरुले शुभकामना मनतब्य राख्नु भएको थियो । वन वाताबरण श्रमिक संघ, नेपाल सुदुर पश्चिम अध्यक्ष श्री डण्डीराज सुबेदीले वन क्षेत्रमा संलग्न श्रमिकहरुको टे«ड यूनियन अधिकारको रक्षा र प्रवर्धन एवं जीवनस्तरमा टेवा पु्याउनका लागि स्वतन्त्र,समावेशि र लोकतान्त्रिक आर्दश अनुसार यस सघंले राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदेश अनुसार कार्य गर्ने ,वन तथा वातावरण क्षेत्रका श्रमिकहरुको पेशालाई मर्यादित र सूरक्षित बनाउनकालागि सघंले काम गर्ने , वन वाताबरण क्षेत्रका श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्न, श्रमिकहरुको आत्म सम्मान र पेशाागत स्वास्थ्य र सूरक्षाको सुनिश्चीतता गर्न एवं श्रमिक नीति,कानून र कार्यक्रम निर्माणमा सघंले उद्योग–व्यवसायी, रोजगारदाता, गैह् सरकारी सघं–सस्थाहरु एवं अन्य सरोकारवाला निकायहरुसग समन्वय र सहकार्य गदै सघंले वन तथा वातावरण क्षेत्रका श्रमिकहरु मध्ये दलित, जनजाति, युवा, मधेशि र महिला श्रमिकहरुलाई मुख्य लक्षित समूहको रुपमा कार्य गर्ने लक्ष्य लिएको भनाई राख्नु भएको थियो साथै्र सुदुर पश्चिम प्रदेशमा ८८ वटा स्थानिय तह मध्ये ४५ वटा स्थानिय तह र ४ वटा जिल्लामा अधिबेशन सम्पन्न गरि सकेका अव वाकी रहेका ५ वटा जिल्ला मा अधिबेसन सम्पन्न पश्चात प्रदेश अधिबेसन धनगढीमा गर्ने पनि सो अवसरमा जानकारी गराईएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया