नेपाल तरुण दल डोटीले जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझायो
मंसिर १७ गते डोटी, नेपाल तरुण दल डोटीले आज जिल्ला प्रसाशन कार्यालय डोटी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ ।

बर्तमान सरकारले देशमा बढ्दै गएको अराजकता,अन्याय,भ्रष्टाचार, मुल्य वृद्धि एंव नेपाल वायु सेवा निगम वाइड बडी जहाज खरीदमा भएको अकुत भ्रष्टाचार, राष्ट्रपतिद्धारा देशको बिकासमा बाधा पुग्ने गरी १८ करोडको महंगो गाडी खरिद र निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अपराधिलाई समेत कार्वाहिको दायरमा नल्याएको भन्दै जिल्ला प्रसाशन मार्फत प्रधानमन्त्रिलाइ ज्ञापन पत्र बुझाएको नेपाल तरुण दल डोटीका अध्यक्ष नारायण बलायरले बताउनु भयो ।
साथै ज्ञापन पत्रमा यहि मंसिर ६ गते उग्रतारा मेला हेरि फक्रने क्रममा डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवा खोलामा १८ जनाको ज्यान जाने गरि भएको दुर्घटनाका मृतक तथा घाईतेहरुलाई राहत तथा क्षेतिपुर्ति लागि राज्य संग जोडर माग गरीएको छ ।

तरुण दलका अध्यक्ष बलायरले डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुवेदिलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ सुवेदिले आफुले आजै उक्त ज्ञापन पत्र प्रधानमन्त्रि कार्यालयमा पठाउने जानकारी दिनु भयो ।
त्यस्तै वर्तमान सरकारका गतिबिधिका वारेमा सिलगढीमा नारा जुलुस सहित र्यालि निलाएको छ । जिल्ला सम्वनय समिति सिलगढी डोटीको अगाडीबाट शूरु भइ जिल्ला प्रशासनमा पुगि सभा कोणमा परीणत भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया