सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

संरक्षित क्षेत्रमा हात्ती बहुउपयोगी, पिपरैया हात्तीसार, हात्ती हेर्ने स्थान बन्दै (भिडियो सहित)

पिपरैया ।   शुक्लाफांटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरको पिपरैया हात्तीसार, पिपरैया गाउँकोबस्ती नजिक रहेको २ वटा बच्चा सहित ५ वटा हात्ती बस्ने ठाउँ हो । शुक्लाफांटा राष्ट्रिय निकुञ्ज हेडक्वाटर मझगाउँ नजीक पश्चिमतिरको बस्तीको किनारमा यो हात्तीसार अवस्थित छ । यो निकुञ्जमा २ वटा बच्चा, २ वटा माउ सहित ८ वटा हात्ती रहेका छन । पिपरैया हात्तीसारमा मात्र २ वटा बच्चा, १ माउ र दुई भाले सहित ५ वटा हात्तीको व्यवस्थापन हुने गरेको छ । यो हात्तीसार अहिले हात्ती हेर्ने ठाउँका रूपमा स्थान पाउँदै छ । त्यस्तै शुक्लाफांटा हात्तीसारमा २ वटा हात्ती र मालुवेला हात्तीसारमा एक वटा हात्ती रहेको छ ।

नेपालमा ६ स्थानमा सरकारी दरबन्दी कायम गरी हात्तीको संरक्षण र व्यवस्थापन गरिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा ५१ वटा, शुक्लाफांटा राष्ट्रिय निकुञ्जमा ८ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १३ वटा, बाँके राष्ट्रिय निकुञ्जमा ६ वटा, कोसी टप्पु बन्यजन्तु आरक्षमा ५ वटा र पर्षा राष्ट्रिय निकुञ्जमा १० वटा हात्ती रहेका छन । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका निजी ३ वटा, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका होटेल तथा रिसोटहरूमा ७० वटा र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका होटेल तथा रिसोर्टमा १ वटा गरी निजी क्षेत्रमा समेत पर्यटनका लागि हात्ती प्रयोग भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको चितवन, बर्दिया र काठमाडौंको चिडिया खानामा गरी ८ वटा हात्ती रहेका छन । राष्ट्रिय निकुञ्जहरूमा ९५ वटा, प्रकृति संरक्षण कोष ८ वटा र निजी क्षेत्रमा ७३ वटा गरी नेपालमा करिव १ सय ८० वटा हात्ती रहेका छन ।

हात्तीका बारे केही तत्थ्यहरूः

हात्ती शाकाहारीमा पृथ्वीको सबै भन्दा ठुलो जनावर हो । जसले घाँसपात र झारहरू खाएर बाँच्छ । मान्छे जस्तै सामाजिक प्राणी हो, ठुलो झुन्डमा बस्छ । यसको ग्रुप लिड हजुर आमाले गर्छिन् । मानिसको जस्तै हात्तीको मातृ सत्तात्मक जीवनशैली हुन्छ । हजुरआमाले गरेको निर्देशन हात्तीको परिवारमा लागु हुन्छ । एउटा हात्तीलाई दैनिक खाने कुरा नै १५० देखि २०० किलोसम्म चाहिन्छ । त्यही अनुसारको पानी पनि चाहिन्छ । एक दिनमा १८ घण्टा देखि २० घण्टासम्म खाई रहन्छ । ८ देखि १० पटकसम्म दिसा गर्ने गर्छ । १ पटक दिसा गर्नु परेमा १० देखि २० किलोसम्म हग्छ । ८ देखि १० पटकसम्म पिसाब फेर्छ।

हात्ती हेर्ने स्थान बन्दै गरेको हात्तीसारः

२ वटा बच्चा, १ माउ र दुई भाले सहित ५ वटा हात्ती रहेको पिपरैया हात्तीसारमा केही समय देखि साँझ पख करिव ४ देखि ५.३० बजेसम्म यहाँ भिड लाग्ने गरेको छ । एउटा जवान हुँदै गएको शेसचन्द्र गजको नजिक त जान अलि डराउँछन तर १० महिनाकी छावा शुक्लाकलीसंग रमाउने बालबालिकाहरूको हरेक दिन यहाँ भिड लाग्ने गरेको छ । शुक्लाकलीलाई सरूवा रोगको संक्रमणबाट जोगाउन हातीसारमा रहेका कर्मचारीहरूले छुन त दिदैन तर छेउमै उभिएर फोटो भने खिचाई रहेका हुन्छन । हुना त पहिले पनि यो हात्तीसार नै थियो । त्यति बेला निकुञ्ज क्षेत्र भित्र कसैले जान पाउँदैन थिए । पछिल्ला दिनहरूमा पर्यटक आउने क्रम केही बढेपछि स्थानीयहरूका लागि पनि सहज भएको हो ।

हात्तीको सेवा र जोखिमः

हात्तीको सेवाका लागि प्रत्येक हात्तीको दरबन्दीमा कर्मचारीहरू कायम हुने गरेका हुन्छन । ती दरबन्दीमा रहेका कर्मचारीले विहान ४ बजे उठेर हात्ती बस्ने ठाउँको सरसफाई सकेर जंगलबाट घांस काटेर ९ बजे भित्र चरवाही अर्थात चराउनका लागि हात्ती फुकाउनु पर्छ । दिन भरी हात्तीको मन पर्ने घाँस भएको ठाउँमा चराएर ४ बजे भित्र हात्तीसारमा पुग्नु पर्ने उनीहरूको दिन चर्या हुन्छ । पोथी हात्ती भन्दा भाले हात्ती माते भने नटेर्ने बढी रिसाउने, भनेको नमान्ने गर्छन । पिपरैया हात्तीसारका प्रमुख शिवदत्त चौधरी भन्छन “माउतेलाई हेप्ने, नटेर्ने जस्ता संकेत देखिन थालेपछि बुझ्नु पर्छ कि कुनै खतरा हुन सक्छ” त्यसको रिपोर्ट सुरून्तै आफ्नो सिनियरलाई गरी हाल्नु पर्छ । कतिपय बेला बेवास्था गरेका कारण माउतेको ज्यान गएको  घट्ना अधिकाँस निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा छन । एकातिर कठोर सेवा गर्नु पर्छ भने अर्कोतिर हात्ती र माउतेको व्यवहार मिल्न सकेन भने दुर्घट्ना हुने जोखिम त्यतिकै छ । एउटा हात्तीलाई तीन जना कर्मचारीको दरबन्दी हुने सरकारी व्यवस्था छ। हात्ती मातेको थाहा पाउनु पर्छ । खास गरी हात्तीको कानको नजिक कन्चडमा एउटा सानो प्वाल हुन्छ, त्यो प्वालबाट पसिना जस्तो चिप्लो पदार्थ आउँछ । त्यस्तो देखे भने केही दिन उस्लाई बाँधेरै राखेमा नियन्त्रणमा आउन सक्छ । यो संकेत बुझेर केयर गरेन जंगल लगियो भने खतरा हुन्छ । हात्तीले देखाएको संकेत नबुझ्दा यो शुक्लाफांटा राष्ट्रिय निकुञ्जमा एक जना ज्यान गुमाएको घट्ना ताजै छ ।

हात्तीले गर्ने कार्यहरूः

हात्तीले गर्ने प्रमुख आकर्षक कार्य नै पर्यटक घुमाउने, पर्यटनका लागि जंगल सफारी नै मुख्य हो । यसका अतिरिक्त बाघ गणना, बाह्रसिंहा गणना लगायत बन्यजन्तुको गणना संरक्षित क्षेत्रको गस्ती, बन्यजन्तु तथा निकुञ्ज भित्र हुने घट्नामा उद्धार कार्यमा प्रयोग हुँदै आएको छ । पछिल्लो पटक निकुञ्ज भित्र रहेका पुरिने अवस्थामा रहेका तालहरू सफाईमा समेत हात्तीको प्रयोग भई रहेको छ । शुक्लाफांटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले भने “पहिलो पटक शुक्लाफांटा राष्ट्रिय निकुञ्ज भित्र रहेका तालहरूमा सरसफाईमा हात्तीको प्रयोग भई रहँदा त्यहाँ पुगेका पर्यटकहरू हात्तीले गरेको काम देखेर आश्चर्यचकित हुने गरेका छन ।

जंगली हात्ती रैथाने बन्दैः

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुवेला क्षेत्रमा अन्यत्र भन्दा हात्तीले मन पराउने घाँस पाउने भएकोले पनि बाहिरबाट जंगली हात्ती आउने गरेको निकुञ्जका कर्मचारीहरू बताउँछन । यसरी आउने जंगली हात्तीहरू मध्ये मालुवेला सुरक्षा पोष्ट क्षेत्रमा हरेक वर्ष जंगली हात्तीले उत्पाद मचाएका घट्नाहरू छन । यसरी हरेक वर्ष त्यही ठाउँमा आई रहने उनीहरूको परम्परा हो । बाजेसँग आएको हात्ती बाटो पहिल्याउदै आउने गर्छ र बाटोमा पर्ने घरहरू उनीहरूको अवरोधका रूपमा रहँने भएकोले उत्पाद मचाउने गरेका घट्ना देखिदै आएको छ । मालुवेला क्षेत्रमा झुण्डमा ४० वटासम्म हात्ती देखिने गरेको मालुवेला पोष्टको रेकर्डमा छ । सोही क्षेत्रमा ६,७ वटा जंगली हात्तीको झुण्ड अहिले केही वर्ष देखि रैथाने भइसकेको पनि निकुञ्ज प्रशासनले जानकारी दिएको छ । खास गरी झुण्डमा रहेका जंगली हात्तीहरू राम्रो आहारका लागि हरेक वर्ष यो निकुञ्जमा आउने गरेका छन । यो रैथाने बनेको झुण्ड पनि ठुलो झुण्डबाट अलमलिएर छुट्टीएको हुन सक्छ भन्ने यहाँ कार्यरत माउतेहरू बताउँछन । मालुबेलाको भित्रि क्षेत्रमा केही वर्ष देखि ६, ७ वटा हात्तीले आफ्नो बास्स्थान बनाउँदै आएका छन ।

खास गरी यसरी हरेक वर्ष भारतको जिमकर्वेट, दुधुवा नेशनल पार्क र यसका आस पासका संरक्षित ठुला संरक्षित क्षेत्रहरूबाट आउने जंगली हात्तीहरू नेपाल आएर बस्तिहरू आतंकित पारिदिएका कतिपय घट्ना छन । त्यसरी आउने जंगली हात्ती नयाँ लाग्छ तर ती पहिला पनि बचपनमा आफ्ना आमा बुवा र बजेसंग आएका हुन्छन। बच्चामा एक पटक आएका ती हात्तीहरू जवान भएपछि पहिला हिडेको बाटो पहिल्याउदै आउँदा उनीहरूलाई लाग्ने अवरोधक संरचनाहरू भत्काई दिने जस्ता घट्ना हुने गरेका छन ।

मान्छेसंग हात्तीको किन दुस्मनी हुन्छ ?

हात्ती हिँड्दा बाटो अवरोध भयो भने उसलाई रिस उठ्छ । उसले कहाँ कहाँ समस्या पर्छ भन्ने विषयमा पत्ता लगाउँछ । बाटोमा गाउँ पर्छ भने सकभर गाउँलाई नछोएर हिँड्छ । अरू बाटो हिँड्न खोज्छ । भएन भने मात्र गाउँबाट जाने हो । गाउँमा जाने भनेको उरन्ठेउला हात्ती नै हुन । उनीहरू मिठो मिठो खानेकुरा गाउँमा छ भनेर पत्ता लगाई सकेका हुन्छन । जस्तो दारुको बास्ना आउँछ । दारु मन पराउँछ । नुन मन पराउँछ । गुलियो चिज उसलाई धेरै खानु पर्छ । अनाज भेटियो भने सुनमा सुगन्ध नै हुने भयो । त्यसरी उनीहरू गाउँ छिर्ने गर्छन। उनीहरू गाउँ छिरेपछि गाउँलेले भगाउन थाल्छन् । भगाउन थालेपछि अब लडाई सुरु भयो । भगाउन गएका मध्ये कोही शान्त हुन्छन्, कोही अलि बढी उग्र जस्तो देखाउँछन् । उग्र देखिएकालाई उनीहरूले नोटिस गरेको हुन्छ । हात्तीले उसलाई धपाउन बढी उफ्रिइरहेको व्यक्तिलाई समाउँछ । यदि त्यो बेला भेट्यो भने त्यो बेला नै हान्छ । यदि त्यो बेला परेन भने उसले त्यो कुरा सम्झेर राख्छ । कुनै पनि वर्ष उसलाई देखेपछि हात्तीले हान्छ । झापामा पनि एउटा व्यक्तिलाई ३५ वर्षपछि मारेको छ ।

त्ती हिँड्ने पुर्ख्यौली बाटो

मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीका संस्थापक अध्यक्ष ढुण्डीराज पौडेल भारतको पश्चिम बङ्गाल र असामसम्म फैलिएको करिडोरमा हात्तीको चहल–पहल हुने गरेको बताउँछन् । भारतबाट हात्तीको बथान पुस्तौनी बाटो प्रयोग गर्दै मेची तरेर झापा, मोरङ हुँदै सुनसरीको कोशीटप्पुसम्म आउने–जाने गरेको उनी बताउँछन् ।

हात्तीबाट हुने क्षती परम्परागत बाटो मासिनु नै मुख्य कारण होः

पुर्वी नेपालमा होस या सुदुरपश्चिमको शुक्लामा होस, यहाँको समस्या के छ कि मानविय हस्तक्षेपका कारण पार्क तथा संरक्षण क्षेत्र बाहिरका हात्ती विचरण गर्ने क्षेत्र, चरण क्षेत्र तथा तिनका परम्परागत करिडोर अर्थात हात्ती डाँडीमा पनि बदलाव आइरहेको हुन्छ । झुण्डबाट एक्लिएका नव वयस्क मत्ता तथा किसोरहरु परम्परागत शिक्षणको ठीक विपरित अनपेक्षित रुपमा मानव बस्ती तथा अन्य ब्यावधानबाट गुज्रन्छन् । अब झुण्डको सिकाइप्रति तिनको विश्वास गुम्छ । जसका कारण मानवसँगको अनपेक्षित मुठभेडले तिनलाई उदण्ड र अराजक बनाई दिन्छ । यहि प्रकृयाबाट विगतका एकाध ध्रुवे रोनाल्डो र मकुना जस्ता मत्ताहरु निस्कन्छन्।

हस्तक्षेपका कारण एक अर्को चरण क्षेत्र जोड्ने जैविक मार्गहरू ध्वस्त हुनु नै ध्रुवे र मकुना जस्ता हिंस्रक हात्ती निस्कनुको प्रमुख कारण हो ।

पुर्वी नेपाल र पश्चिमका प्राय जसो परम्परागत हात्ती हिड्ने बाटोहरू मासिइ सकेका छन् । त्यसैले पनि एकाध हुल्याहा हात्ती मारिदैँमा या तह लाग्दैमा हात्ती र मानव बीचको व्दन्व्न्दको दिर्घकालिन समाधान हुँदैन । यसको दिर्घकालिन समाधान खोज्ने हो भने हात्तीको बाटो हो भनि पहिचान भएका बाटाहरू बस्ती हटाएर हात्तीको बाटो थुन्ने कार्य बन्द हुनु पर्छ ।

  • १० फाल्गुन २०८०, बिहीबार ०७:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म
    मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच भेट वार्ता

    ताजा अपडेट

    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    राष्ट्रिय भेलामा समूहगत प्रस्तुतीकरण, प्रदेशगत छलफल तथा व्यापक सुझाव संकलनपछि ती सुझावलाई समेटेर अन्तिम...

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित

    काठमाडौँ ३० श्रावण । दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज...

    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    • जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’
    • जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU