सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्मला घटनामा प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी मुद्दा लगाउँछौ,डा.गोविन्द केसी

धनगढी १६ मंसिर । डा.गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाएर कारवाही गर्नुपर्ने बताएका छन् ।

प्रमाण गर्नेविरुद्ध मुद्दा नलगाएसम्म सत्यतथ्य बाहिर नआउने बताउँदै उनले सो कुरा बताएका हुन् । जसको लागि आफू अग्रसर हुने पनि उनको भनाई छ ।

निर्मला पन्तको न्यायको लागि भन्दै कञ्चनपुरमा जारी अनसनलाई ऐक्यवद्धता जनाउन आएका केसीले आइतवार धनगढीमा स्वास्थ्य पत्रकार समूह सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित पत्रकार भेटघाटमा केसीले सरकारले नै अपराधीलाई संरक्षण दिइरहेको आरोप लगाए ।

निर्मला पन्तको घटनाले ३ करोड नेपालीलाई नै लज्जास्पद बनाएको बताउँदै उनले राज्यबाटै प्रमाण नष्ट भएकाले राज्यले गरेको ठूलो अपराध रहेको समेत आरोप लगाएका हुन् ।

डा। केसीले राज्यबाट उपेक्षित भएकोले सुदूरपश्चिमको स्वास्थ्य अवस्था दयनीय बनेको बताए । गरीब निमुखा जनता बिरामी भए नजिकमा प्रभावकारी स्वास्थ्य सेवा दिने स्वास्थ्य संस्था नभएको कारण अझै पनि बाहिर जानुपर्ने बाध्यता रहेको बताए ।

निर्माणको कार्यमा तीव्रता पाएको गेटा मेडिकल कलेजले धेरै हदसम्म स्वास्थ्य समस्या समाधान हुनेमा उनले विश्वास व्यक्त गरे । जसलाई २ वर्षमा सञ्चालनमा ल्याउनुपर्ने उनको भनाई थियो ।

उनले सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको लागि डोटी या डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्नमा सरकारले तत्परता देखाउनुपर्ने बताए । डोटी या डडेल्धुरामा स्थापनाको लागि समझौता गरिएपनि कार्यान्वयन नभएकोप्रति उनले असन्तुष्टि जनाए ।

पछिल्लो समय स्वास्थ्य सेवामा चरम व्यापारीकरण भएकाले गुणस्तरीय स्वास्थ्य सेवामा सम्मानजनक पहुँच भएको उनको धारणा थियो । जसको लागि आफू चरणबद्ध रुपमा अनसन बस्दै आएको बताउँदै उनले आफूसँग सरकारले गरेको समझौता यथाशीघ्र पास नगरे पुस २ गतेदखि पुनः अनशन बस्ने समेत चेतावनी दिए ।

  • १६ मंसिर २०७५, आईतवार ०८:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU