एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका साधारण सभा सम्पन्न
धनगढी १६ मंसिर । एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको गोदाबरी ८ जामुनाभाडीको आठौ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

कुल १२ सय ५० शेयर सदस्य रहेको सरहाकरी सस्थाको कुल पुजी तिन करोड पुजी रहेको छ । ग्रामीण क्षेत्रका निम्न आय स्तर भएका भएका संलग्नता भएको सरकारीमा ९२ समुह बनाई काम गर्दै आएको सहकारी कार्यक्रममा जानकारी दिएको छ ।
कार्यक्रममा चार करोड १३ लाख २९ सहजार एक सय ९२को आयव्यस प्रस्तुत गरिएको छ । सहाकरीले कृषी, व्यापार, बैदशिक रोजगार र आयमुलक उद्यमीलाई ऋण सहयोग गर्दै आएको सहाकरीका व्यबस्थापक शेरबहादुर बोगटीले जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ट समुह, नियमित किस्ता भुक्तानी, अग्रीम बचत गर्ने समुह सम्मान र जेहनदार बिपन्न ७ बिद्यार्थीलाई छात्रबृती प्रदान गरिएको थियो ।
सहकारी सस्थाका अध्यक्ष सुरतबहादुर बोगटीको सभापतित्वमा भएको साधारण सभामा प्रमुख अतिथी सामाजिक बिकास मन्त्री कृष्ण सुवेदी रहनु भएको थियो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरी बिशिष्ठ अतिथी रहेको कार्यक्रमको संचालन एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका व्यबस्थापक शेरबहादुर बोगटीले संचालन गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया