सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गठबन्धन दलहरु काम गर्न नदीएर राजीनामा दिन बाध्य बनाउँदैछन – नगर प्रमुख हमाल

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई गठबन्धनका दलहरु काम गर्न नदीएर राजीनामा दिन बाध्य पार्न लागि परेको आरोप लागेको छ। नगर प्रमुख हमाल सहभागी कुनै पनि कार्यक्रममा सहभागी नहुने रणनीति बनाएका काँग्रेस र माओवादीका वडा अध्यक्षहरूले असहयोग गर्दै अन्त्यमा राजीनामा दिन बाध्य पार्ने योजना बनाएका हुन्।

काँग्रेस र माओवादीबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले नगर प्रमुख हमाल सहभागी कुनै पनि कार्यक्रममा आफूहरू अनुपस्थित रहने अनौपचारिक निर्णय गरेको बुझिएको छ। ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८०’ नगर सभाबाट पारित भएदेखि रुष्ट भएका नेपाली काँग्रेस र माओवादी पार्टीबाट विजयी जनप्रतिनिधिहरुले नगर प्रमुख हमाललाई असहयोग गर्दै आएका छन्।

उनीहरुले नगर प्रमुख हमाल र उपप्रमुख कन्दकला कुमारी रानालाई असफल बनाउन मोर्चाबन्दी गरेको आरोप लागेको हो। गठबन्धन दलहरुको मोर्चाबन्दी रहेको स्वतन्त्रबाट विजयी  नगर प्रमुख हमालले बताए। धनगढीको फूलबारीमा नेपाल प्रहरी, श्रीमती संघले सञ्चालन गरेको आसरा सुधार केन्द्रको उद्घाटन कार्यक्रमदेखि उनीहरुले नगर प्रमुख सहभागी कार्यक्रमहरुलाई बहिस्कार गर्न सुरु गरेका हुन्।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पुस ११ गते आसरा सुधार केन्द्र, फूलबारीको उद्घाटन गरेका थिए। नगर प्रमुख हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, एमालेबाट विजयी वडाध्यक्षहरु उक्त कार्यक्रममा सहभागी भए। तर, गठबन्धनका दलहरुबाट विजयी वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु कार्यक्रममा सहभागी भएनन्। सोही कार्यक्रमबाट उनीहरुले नगर प्रमुख हमाललाई राजीनामा गर्न बाध्य पार्ने अनौपचारिक निर्णय गरेको नगर प्रमुख हमालको दाबी छ।

शनिवार प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको बिदाइ कार्यक्रममा समेत उनीहरु सहभागी नभएपछि सो विषय बाहिरिएको हो। यश अघि माघी मिलन कार्यक्रममा वडा अध्यक्षहरूले नगर प्रमुखलाई निम्तो दिएनन् भने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि काँग्रेस र माओवादी वडा अध्यक्ष र सदस्यहरू सहभागी भएनन्।  नगर प्रमुख हमालले गठबन्धनका वडा अध्यक्ष र सदस्यहरू आफ्नो विरुद्ध मोर्चाबन्दीमा लागेको बताएका छन्।

उनले भने, ‘उहाँहरुसँग बहुमत छ। सुरुवातमा के गर्न सक्ला र रु एक्लो छ भन्ने थियो। पछिल्ला दिनहरुमा राम्रो काम भयो। उहाँहरुलाई हामीले गरेका राम्रो कामले समस्या भएको छ। सोही कारणले मलाई राजीनामा दिन बाध्य बनाउदै हुनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत साबको  बिदाइको कार्यक्रम मात्र होइन, आसरा सुधार केन्द्रको उद्घाटनदेखि उहाँहरुले म सहभागी भएका कार्यक्रम बहिस्कार गर्नु भएको हो।’

नगर प्रमुख हमालले गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिहरुले काम गर्ने वातावरण नदिएको बताएका छन्। उनले आज (शनिवार) सम्मको गरेर चार वटा कार्यक्रम गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिले बहिष्कार गरेको बताए। तर, काँग्रेस दलको नेतासमेत रहेका वडा नम्बर ४ का अध्यक्ष बुद्धीबहादुर खड्काले आफूहरूले मोर्चाबन्दी नगरेको बताए।

उनले समय नभएकाले उपमहानगरका औपचारिक कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया  दिए। उनले भने, ‘अहिले कार्यक्रम पनि छैनन्। राष्ट्रपति रनिङ्ग शिल्डमा काँग्रेसबाट विजयी साथीहरु नभएको मलाई जानकारी छैन। हामीले निर्णय पनि गरेका छैनौँ। उहाँहरुको समय नभएकाले नजानु भएको होला। म बाहिर भएर, नगएको हो।’

 

  • ७ माघ २०८०, आईतवार ०९:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU