पछाडी परे भन्दै गित आएर समृद्धी हुदैनः नगरप्रमुख वड
धनगढी, १५ मंसिर । धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले सुदूरपश्चिम प्रदेश पछाडी परेको छ भन्दै गित आएर समृद्धी नहुने बताएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासंघ कैलालीको पाँचौं जिल्ला अधिवेशन कार्यक्रमा बोल्दै नगरप्रमुख वडले समृद्धीका लागि तिनवटै तहका सरकारहरुले समन्वय गरेर काम गरेमात्रै समृद्धी हुने बताए । उनले दुई तिहाईका प्रदेश र संघिय सरकारका मन्त्रीहरु अहिले पनि हामी पछाडी प¥यौं भनेर रोदन र क्रोदन पोख्दैछन् अव कस्ले रोक्यो अगाडी बढ्नका लागि ।
प्रदेश सरकारले पहिलो चौमासिकमा एक प्रतिशत पनि बजेट खर्च गर्न नसकेको बताउदै नगरप्रमुख वडले भने, योजना बनाउने, बजेट छुट्याउने तर काम कोखीमा च्यापेर राख्ने कसरी प्रगती हुन्छ । प्रदेश सरकारले आफुहरु संग कुनैपनि समन्वय नगरेको आरोप नगरप्रमुख वडले बताए । उनले पुस्तक तथा स्टेशनरी ब्यावसायीलाई यस प्रदेशमा नै स्टेशनरि सम्वन्धी उद्योग संचालन गर्न आग्रह गरे । उनले भने, यसका लागि हामीले कहाँ के गर्नुपर्छ तयार छौं । विकास पनि गर्न चाहने चुनौती पनि नमोल्ने हुन सक्दैन नगरप्रमुख वडले भने,अहिले सडक निर्माण गर्दा बाटोमा पर्ने घर तथा संरचना भत्काउने कुरामा अवरोध भैरहेको छ ।
धनगढी इन्जीनियरिंग क्याम्पसका प्रमुख शिवहरी मुडभरीले उद्योग र उद्यमशिलताको विकास गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले सो सम्वन्धी सजिलो निति ल्याउनुपर्ने बताए । उनले भने, मैले पटक पटक उठाउने मुद्धा यही हो तर सम्बोधन हुन सकेको छैन ।
पुस्तक तथा स्टेशनरी ब्यावसायी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सञ्जय चौधरीले निजी क्षेत्रको सहभागिता बिना प्रदेशको विकास असम्भव हुने बताए । अधिवेशनमा कैलाली जिल्लाका स्टेशनरी ब्यावसायीहरुको ठूलो उपस्थीति रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया