समुदायमा साथी दौतरी शिक्षा सचेतीकरण अभियान
धनगढी १४ मंसिर । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावकहरुका लागि साथी÷दौतरी शिक्षा सम्वन्धि एक दिने तालिम विहीवार जनजागृती आधारभूत विद्यालय उर्मामा सम्पन्न भएको छ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत संचालित उक्त तालिम अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्याथीै केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बिच र शिक्षक अभिभावकबिच नियमित छलफल गर्न सहयोग गर्न ज्ञान सिपको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।

तालिममा धनगढी उपमहानगरपालिका वडा नं १५ उर्माका वडा सदस्य कालुराम चौधरीले तालिमले प्रारम्भीक तहका विद्यार्थीहरुको पठन सिपमा पर्याप्त सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा अभिभावकहरूलाई आप्mना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आप्mना बालबालिकाको सिकाइ र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्नेतर्पm केन्द्रित गराउन ःज्ञान र सिपका वारेमा अभिमुखीकरण गरिएको थियो ।
तालिम समापन कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक मनोज चौधरी,शिक्षक अभिभावक संघका अध्यक्ष विकास चौधरी लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामदिन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षक राजेन्द्र परियारले गर्नुभएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया