डाक्टर गोविन्द केसी बझाङमा
डिबी बिष्ट, डाक्टर गोविन्द केसी बझाङको देउलेख प्राथमीक स्वास्थ्य चौकीमा पुग्नु भएको छ । मंगलबार दिउसो डाक्टर केसी एकाएक देउलेख प्राथमीक स्वास्थ्य चौकीमा पुग्नु भएको हो ।
स्थानीय सर्वसाधारण ब्यक्तीहरुको स्वास्थ्य अवस्था बुझ्नका लागी बझाङ जिल्लाको समग्र स्वास्थ्य अवस्था बझ्नका लागी भन्दै डाक्टर गोविन्द केसी देउलेख प्राथमीक स्वास्थ्य चौकीमा पुग्नु भएको हो । बुधबार र विहीबार हाड जोर्नी तथा नसा रोग भएका विरामीहरुका लागी दुई दिने क्याम्प समेत संचालन गरीने देउलेख प्राथमीक स्वास्थ्य चौकीका प्रमुख संन्दीप ओखेडाले जानकारी दिनु भयो ।
डाक्टर केसी औषधी सहीत निशुल्क सेवा प्रदान गर्ने भन्दै देउलेख प्राथमकि स्वास्थ्य चौकीमा पुगेको उहाँको भनाई छ । बुधबार विहान ९ बजे देखी क्याम्प संचालन हुने उहाँको भनाई छ ।
यदी हाड जोर्नी र नसा सम्बन्धी कुनै रोग भए निशुल्क रुपमा उपचार गराउन सबै बझाङ बासिहरुलाई उहाँले आग्रह समेत गर्नु भएको छ । यदी रोगको उपचार देउलेख प्राथमकि स्वास्थ्य चौकीमा सम्भव नभए काठमान्डौको टिचिङ अस्पतालमा लिएर भए पनी उपचार गराउने डाक्टर केसीले बताउनु भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया