बङ्गलादेशका शिक्षार्थीहरुद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज भ्रमण
काठमाडौं । बङ्गलादेशको मिरपुर स्थित Defence Services Command and Staff College मा सञ्चालित Defence Services Command and Staff Course (DSCSC)-2023 मा सहभागी शिक्षार्थीहरूले भाद्र ३१ गते शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेकाछन् ।
उक्त कलेजका Senior Instructor Col. Mohammad Zahid Hossain, PSC को नेतृत्वमा नेपालको ७ दिने अध्ययन भ्रमणका लागि मिति २०८० भाद्र ३० गते नेपाल आएको ३२ सदस्यीय भ्रमणदलले काठमाडौं उपत्यका एवं पोखराको भ्रमण गर्नेछ ।
विभिन्न मित्रराष्ट्रहरुमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको भ्रमण गर्ने प्रचलन रही आएको छ ।
यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बध्द मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया