सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पृतनापति समन्वयात्मक बैठक २१-२२ जंगी अड्डामा शुरु

काठमाडैौ । भाद्र २१ र २२ गते सञ्चालन हुने दुई दिवसीय पृतनापति समन्वयात्मक बैठक-२०८० जंगी अड्डामा शुरु भएको छ । बैठकमा उद्‍घाटन मन्तव्य राख्‍नु हुँदै प्रमुख अतिथी माननीय उपप्रधान मन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

माननीय खड्काले संविधानतः राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्ने गहन जिम्मेवारी प्राप्त नेपाली सेनाले अन्य सुरक्षा निकाय लगायतका सम्बन्धित निकायहरुसँग प्रभावकारी सम्बन्ध कायम गर्दै भावी चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन अत्यन्तै प्रशंसनीय ढंगले गर्दै आईरहेको बताउनु भयो । उहाँले नेपाली सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याईरहेको योगदानबाट प्राप्त उपलव्धी र ख्यातीको प्रशंसा गर्नुभयो ।

यसका साथै उहाँले देशका रणनीतिक तथा संवेदनशील क्षेत्रहरुको सुरक्षा एवं वर्तमान समयमा राष्ट्रिय चुनौतीको रुपमा रहेको साईबर स्पेश सुरक्षार्थ नेपाली सेनाबाट लिईएका पहल तथा नेपाल सरकारलाई प्राप्त राय सुझावका लागि आभार व्यक्त गर्नुभयो । उहाँले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना लगायत विभिन्न सडक करिडोरहरुको निर्माण उच्च प्राथमिकता, राष्ट्रिय आवश्यकता र प्रतिष्ठासँग जोडिएको विषय भएकाले विधिसम्मत एवं गुणस्तरीय ढंगले निर्धारित समयमा सम्पन्‍न गर्न नेपाली सेना सक्षम हुने र यसमा रक्षा मन्त्रालय लगायत सम्बध्द सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

माननीय खड्काले सहभागीहरुलाई राष्ट्रलाई समृद्धिको यात्रामा अग्रसर गराई बढ्दो जनआकांक्षा पुरा गर्नुपर्ने चुनौती बारे स्मरण गराउँदै विद्यमान अन्तराष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्‍न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीहरुको बाबजुद र पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवं विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्‍ने विषयहरुको सम्वोधनको आवश्यकताहरु तत्कालीन चुनौतीका रुपमा टड्कारो देखिएको कुरा बताउनु भयो । उहाँले विभिन्‍न विषयहरुलाई राष्ट्रिय मुद्दाको रुपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खल्वल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पुरा गर्न क्रियाशिल तत्वहरुलाई राष्ट्रिय सुरक्षाको प्रमुख चुनौतीको रुपमा लिई नेपाली सेनाले आफ्नो प्राथमिकतामा राखी कार्य गर्नेछ भन्‍ने विश्वास व्यक्त गर्नुभयो ।

“सदियौंदेखि हामी बीच कायम रहिरहेको धार्मिक एवं सामाजिक सहिष्णुता खल्वल्याउन उद्यत अवाञ्छित तत्वहरुको सूक्ष्म अध्ययन गर्ने आवश्यकता बारे पनि तपाईहरुको ध्यानाकर्षण गराउन चाहान्छु” भन्‍नुहुदै माननीय श्री खड्काले नेपाली सेनाले स्थापना कालदेखि वर्तमानसम्म सरकारबाट प्राप्त नीति निर्देशनलाई सर्वोपरी राखी कुशलता पूर्वक जिम्मेवारी सम्पादन गर्दै आएको उल्लेख गर्दै “कर्तव्यनिष्ठ भएर आजका दिनसम्म आईपुग्नु भएका नेपाली सेनाका सकलदर्जालाई सोही प्रेरणा र हौसलाका साथ अघि बढिरहन प्रोत्साहित गर्न चाहन्छु” भन्‍नुभयो ।

कार्यक्रमको शुरुमा स्वागत तथा सम्वोधन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले नेपाली सेनाले सदैव वैधानिक सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारी लगायत आर्थिक, सामाजिक, कुटनीतिक, वातावरणीय, खाद्य, उर्जा, साइबर सुरक्षा एवं अन्य मानव श्रृजित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी नेपाली सेना हरहमेशा तयारी अवस्थामा रहनुपर्ने हुँदा सैनिक अपरेशनहरुमा सकलदर्जाको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप आन्तरिक एवं विदेशी सेनासँग सहकार्य गरी विभिन्न तालिमहरु सञ्चालन भईरहेको समेत उल्लेख गर्नुभयो ।

मन्तव्यकै क्रममा प्रधान सेनापतिले नेपाली सेनालाई थप सुदृढिकरण र आधुनिकीकरण गर्ने तर्फ नेपाल सरकार, रक्षा मन्त्रालयबाट प्राप्त साथ सहयोगको लागि आभार व्यक्त गर्नुभयो । उहाँले समग्र देशको परिस्थिति र परिवेशको विश्लेषण गर्दै अन्तर सुरक्षा निकाय बीच सूचना आदान प्रदान गरी भावी सुरक्षा चुनौतीहरुको सामना गर्न आवश्यक रहेको कुरा समेत व्यक्त गर्नुभयो ।

पहिलो दिनको कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिहरु लगायत विभिन्‍न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । समन्वयात्मक बैठकमा सहभागीहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

  • २१ भाद्र २०८०, बिहीबार १७:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU