सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अनसन बस्ने चेतावनी दिएको भोलीपल्टै डा केसी कंचनपुर पुगे नेतृ यमी पनि धर्नास्थलमा

कंचनपुर १२ मसिंर। डा गोविन्द केसी निर्मला पन्तको न्यायका लागि कंचनपुरमा जारि धर्नामा पुगेर एक्यवद्धता जनाएका छन । निर्मलाका हत्यारालाई तत्काल पक्राउ नगरे अनसन बस्ने चेतावनी दिएको भोलीपल्टै कंचनपुर पुगेर जारि धर्नामा डा।केसीले एक्यवद्धता जनाएका हुन ।

धर्ना बसेको १७ दिन पुगिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेपछि न्यायका लागि पीडितको साथमा आफु पनि रहेको डा। केसीले बताएका छन ।

डा। केसीले धर्नामा बसिरहेका निर्मलाकी कान्छी आमा लगायत मानवअधिरकर्मीलाई भेटेर सान्त्वना दिई एक्यवद्धता जनाएपछि आफुहरुलाई न्यायको लडाईमा थप उर्जा मिलेको मानवअधिकारकर्मी शारदा चन्दले बताईन ।

धर्नामा पुगेर डा। केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप समेत लगाए ।

निर्मला हत्याकाण्ड भएको चार महिना पुग्दा पनि सरकारले अपराधी पहिचान गर्न नसकेको प्रती दुख ब्यक्त गर्दै उनले सरकारलाई तत्काल अपराधी पक्राउ गरेर कडा भन्दा कारवाही गर्न माग समेत गरे ।

यसअघि डा। केसीले सोमबार शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरि कारवाही नगरे अनसन बस्ने बताएका थिए । त्यसको भोली पल्ट मंगलबार दिउसो कंचनपुर पुगी उनले धर्नामा एक्यवद्धता जनाएका हुन ।

नेतृ यमी पनि धर्नास्थलमा

निर्मलाको न्यायका लागि कंचनपुरमा जारि धर्नामा आजै नयां शक्ती पार्टीकी नेत्रृ तथा डा। बाबुराम भट्टराई पत्नी हिसिला यमी पनि पुगेकी थिईन ।

पीडित लगायत अधिकारकर्मीलाई भेट्दै नेतृ यमीले निर्मलाको न्यायको लागि आफ्नो पार्टी र आफुहरु लागि परिरहेको र न्यायको लडाईमा हार नखान आग्रह गरेको अधिकारकर्मी भुमी फुलाराले जानकारी दिईन ।

निर्मलाका हत्यरालाई पक्राउ गरि हदैसम्मको कारवाही हुनुपर्नेमा जोड दिदैं नेतृ यमीले सरकार यसमा जिम्मेवार हुनुपर्ने बताईन । निर्मलाको न्यायका लागि धर्ना बसेको १७औं दिनमा नेतृ यमीसंगै कैलालीका महिलाअधिकारकर्मीहरुले समेत पीडितलाई भेटेका थिए ।

निर्मलाका हत्यारालाई सार्बजनिक गर्नुपर्ने माग गर्दै कात्तिक २५ गतेदेखि पीडितसहित मानवअधिकारकर्मीहरुले जिल्ला प्रशासनको गेट अगाडी धर्ना दिइरहेका छन ।

धर्ना बस्दा बस्दै निर्मलाका बुवा यज्ञराज बिरामी भई डिप्रेसनसंगै मानसिक स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याईएको छ । उनको अहिले आईसियुमा राखेर उपचार भइरहेको छ ।

  • १२ मंसिर २०७५, बुधबार ०८:१६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU