धनगढीमा भोली चर्चित ब्याण्ड नेपथ्यको लाईभ कन्सर्ट
निराजन परियार धनगढी । नेपाली लोक आधुनिक सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले भोली धनगढीमा आफ्नो प्रस्तुती देखाउने भएको छ ।

पप गितलाई लोक लय र नेपाली मौलिक लोक गितलाई लोक रक लयमा ढालेर नेपाली गित संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको चर्चीत ब्याण्ड नेपथ्य व्याण्डको धनगढीमा हुने लाईभ कन्र्सटको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवलमा सम्पन्न भईसकेको छ भने भोली बिहिबार कैलालीको धनगढीमा सम्पन्न हुने छ ।
केही समयअघि मात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । व्याण्डको धनगढीमा कन्सर्ट भोली बेलुकी बेलुकी ५ बजेर ४५ मिनेटमा धनगढी रंगशालामामा सुरु हुने भएको छ ।

दताज ईभेन्ट र म्यानसन नेपालको आयोजना तथा दारी ग्याङ धनगढीको सहयोगमा कन्सर्ट आयोना हुने भएको हो।
नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । धनगढी रंगशालामा हुने सांगीतिक प्रस्तुतीका लागि आवश्यक तयारी थालिएको छ ।
नेपथ्यको प्रस्तुती धनगढीमा आठ बर्षपछि हुन लागेको हो । सो कन्सर्टमा ६ हजार दर्शकहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया