जाखोरको जलकुम्भी हटाउन संघसंस्था पनि जोडिने "उपमहानगर र सामाजिक संस्थाहरु बिच छलफल "
धनगढी,९ मंसिर । धनगढी उपमहानगरपालिका ७ स्थीत जाखोरतालमा फैलिएको जलकुम्भी हटाउने कार्यमा धनगढीमा रहेका सामाजिक संघसंस्थाहरु पनि जोडिने भएका छन् ।
आईतबार धनगढी उपमहानगरपालीकाले राखेको गैरसरकारी संघसंस्थाहरु संघको समन्वय बैठकमा यस्तो निर्णय भएको हो । धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले उपमहानगर नगरपालिका एक्लैले मात्रै यो अभियान सफल पार्न नसक्ने भएकाले सबैलाई यसमा जोडिन आग्रह गरिएको बताए । आउने शनिवार ( मंसिर १५ गते) गरिने सरसफाई अभियानमा आफुहरु पनि सहभागि हुने गैरसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष हेमकर्ण बिकले बताए । उनले भने, यो अभियानमा लाग्न म जिल्लाका सबै गैरसरकारी संस्थाहरु संग आग्रह गर्दछु । शनिवार बाट यहाँ रहेको जलकुम्भी हटाउन सुरु गरिएको थियो ।
धनगढी उपमहानगरपालिकाको अगुवाईमा प्रशासन, नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीहरु तालबाट जलकुम्भी हटाउन जुटेका छन् । जलकुम्भीले ताल कुरुप बन्दै गएको छ ।
धनगढी उपमहानगरपालीकाका सामाजिक विकास अधिकृत टंक बिष्टले जिल्लाका सामाजिक संघ संस्था, क्लव, खेलाडीहरु संग पनि जलकुम्भी हाटाउनका लागि समन्वय गर्दै जाने बताए । रोक लगाए संगै धनगढीको जाखोरतालमा फैलिएको जलकुम्भी हटाईने भएको छ ।
जाखोर ताल धनगढी उपमहानगरपालीकाको मुख्य पर्यटकिय स्थल हो । तत्कालिन धनगढी नगरपालीकाले २०५४ सालमा जिल्ला बनस्पती कार्यालयलाई स्वमित्व हस्तान्तर गरेको वडा नं ७ का अध्यक्ष सिताराम रानाले बताए । उनले भने आफ्नो स्वामित्वमा रहेको ताल लाई स्थानीय महिला समुहलाई भोगचलनका लागि दिएको भएपनि २०७३ मा बनस्पतीले समुहको भोगचलनमा रोक लगाएको थियो । ताल झण्डै १२ हेक्टर रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया