सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्मलाका बुवालाई उपचारका लागि काठमाडौँ लगियो

धनगढी,९ मंसिर । बलत्कारपछि हत्या गरिएकी छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै १४ दिनदेखी अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिदै गएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ।

शनिवार साझ विमानवाट काठमाण्डौ लैजाने भनि गेटा विमानस्थल पुर्याइएका उनले एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गर्ने, ढुङगामुडा गर्न थालेपछि बिमानमा लैजान समस्या भएपछि सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा प्रमुख स्वकिय सचिव शिवसिंह ओली मार्फत हिजै भाडाको स्कारपियोमा यज्ञराजलाई काठमाडौं लगिएको हो ।

प्रहरी सहायक निरिक्षक दिपक धामीको नेत्रित्वमा ३ जना प्रहरी टोली र सेती अंचल अस्पतालका स्वास्थ्यकर्मी सुनिल वि।क।को साथमा यज्ञराजलाई काठमाडौं लगिएको हो ।

उहाँको महाराजगंजस्थित त्रिबि शिक्षण अस्पतालमा उपचार ब्यवस्था मिलाइएको छ । उपचारको सबै खर्च प्रदेश सरकारले ब्यहोर्ने गरी यज्ञराजलाई काठमाडौं पठाइएको र १३ हजार रुपैयाँ बाटो खर्च समेत उपलब्ध गराएको माननीय मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव ओलीले बताए ।

छोरीको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका उनको स्वास्थ्यसँगै दिनप्रतिदिन मानसिक अवस्था बिग्रिँदै गएकाले चिकित्सकहरुले उपचारका लागि काठमाडौँ लैजान सुझाव दिएका थिए ।

यज्ञराज पन्त केही दिनदेखि धर्नास्थलमै बर्बराउने, धर्नामा बसेकाहरुलाई गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका थिए ।

  • ९ मंसिर २०७५, आईतवार ०४:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU