उद्यमशिलता सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
धनगढी,८मंसिर । धनगढीमा अन्तराष्ट्रिय स्तरको उद्यमशिलता सम्वन्धी सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।
बिहीबार बाट सुरु भएको सम्मेलन २ दिन सम्म चलेको थियो । धनगढीको सुभश्री प्यालेशमा सुरु भएको सम्मेलनमा ११ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।
सम्मेलनमा ६ वटा देशका उद्यमशिलताका क्षेत्रमा सफल ब्यावसायी तथा बिज्ञहरुको सहभागिता रहेको थियो ।
धनगढी उपमहानगरपालीका र किंग्स कलेजको साझेदारीमा सम्मेलन भएको थियो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सम्मेलनले उद्यमशिलताका क्षेत्रमा सम्भावना तथा अवसरहरुका बारेमा राम्रो छलफल चलेको बताए ।

उनले यो सम्मेलन प्रदेशकै लागि महत्वपूर्ण भएको बताए । मन्त्री बोहराले यस प्रदेशका उद्यमशिलताको विकास गर्नका लागि छिट्टै कानुन ल्याउने तयारी भैरहेको पनि बताए ।
धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले स्थानीय सरकार उद्यमशिलतामा लाग्नेहरुका लागि सहुलियताका कार्यक्रम ल्याउन तयार रहेको बताए । उनले सम्मेलनले राखेको उदेश्य पुरा भएको बताए । उनले प्रदेशमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको उद्यमशिलता सम्वन्धी सम्मेलन गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
सुदूरपश्चिम बिश्वविद्यालयका पूर्व रजिष्टार डा. हेमराज पन्तले सम्मेलन आफैमा महत्वपूर्ण भएको बताए । थुप्रै कार्यपत्रहरु प्रस्तुत भएका छन् डाक्टर पन्तले भने , यसले एउटा मार्ग दर्शन दिएको छ ।
उनले सुदूरपश्चिम क्षेत्रमा गर्न चाहनेका लागि थुप्रै सम्भावना भएको बताए । उद्यमी दिनेशराज भण्डारीले सम्मेलनमा महत्वपूर्ण बिषयमा कार्यपत्र प्रस्तुत भएको तथा राष्ट्रिय र अन्तराष्ट्रिय अनुभव सुन्न पाईएको बताए ।
किंग्स कलेज काडमाण्डौका अनुसन्धान बिभागका प्रमुख चित्त रञ्चनज पाण्डेयले उपत्यका बाहिर यती ठूलो र महत्वपूर्ण सम्मेलन पहिलो पटक भएको बताए । उनले भने,यस सम्मेलनको आफैमा महत्व छ, धनगढी उपमहानगरपालीकाले गरेको यो सहासको हामी सम्मान गर्दछौं ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया