मेलाभरेर फर्किदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु । "(डिएसपि डम्बर बहादुर केसीको अडियो सहित) "
प्रकाश बम‚ डोटी ६ मँसिर । डडेल्धुराबाट मेला भरेर डोटी जाँदै गरेको स्कूल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रडुवा खोलामा बस दुर्घटनामा परेको हो ।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइन स्थित पीसजोन एकेडेमीको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो । डडेल्धुरा सदरमुकाम स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको हो ।
मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको घटना स्थलमा रहेका डिएसपि डम्बरबहादुर केसीले जानकारी दिए । बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको बताइएको छ ।
उद्दार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ भने घाइतेहरु २५ जनाको उद्दार गरी उपचारका लागि डडेल्धुरा सदरमुकाम स्थित उपक्षेत्रीय अस्पताल पठाइएको प्रहरी जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया