सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ओली सरकार र देउवा नेतृत्वको आफ्नै पार्टीको यसरी गरे गगन थापा आलोचना

धनगढी ६ मसिंर । दुई तिहाई बहुमतको सरकारले जनभावना अनुसार काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेपिरहेका बेला नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री अलमलमा परेका कारण निराशा बढ्दै गएको बताएका छन्।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेकै कारण जनअपेक्षा अनुसार काम नभएको थापाले बताएका हुन् ।

प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले जनअपेक्षा अनुसार काम नहुनुमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि दोषी रहेको तर्क गरे ।

प्रधानमन्त्री केपी ओलीको नियतमाथि आफूले शंका नगरेको बताएका थापाले तर अलमलीएर बरालिएको महसुस भएको बताए। देशको विकास गर्ने चाहाना ओलीमा भएको तर मेसो नपाउदा छटपटाईरहेको टिप्पणी उनले गरे। प्रतिपक्षी दलको नेतृत्व पनि प्रधानमन्त्री जस्तै बरालिएको थापाले बताए।

पार्टी सभापति शेरवहादुर देउवाको नाम उल्लेख नगरेका थापाले प्रधानमन्त्रीको नेतृत्वमा सिङ्गो सरकारको प्रभावकारिता रहेजस्तै प्रतिपक्षीको हकमा पनि प्रभावकारिताको भुमिका नेतृत्वमा रहने उल्लेख गरे ।

यसै कारण प्रदेश र संघिय सरकारमा सशक्त प्रतिपक्षीको भुमिका खेल्न नसकेको थापाको मत थियो। तर अब त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औल्याए। फरक प्रसङ्गमा थापाले पार्टीभित्रको वेथितिलाई अब वस्ने महासमिति बैठकले अन्त्य गर्ने विश्वास व्यक्त गरे।

  • ६ मंसिर २०७५, बिहीबार ०८:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU