सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

घरेलु टोली लिटिल फ्लवारलाई उपाधि
"घरेलु टोली लिटिल फ्लावर र्बोडिङ स्कुलले कब्जा जमायो "

धनगढी ४ मँसिर । निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संसकरणको उपाधिमाथि घरेलु टोली लिटिल फ्लावर र्बोडिङ स्कुलले कब्जा जमाएको छ । आज भएको फाईनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलोपटक उपाधिमाथि कब्जा जमाएको हो ।

पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र तथा लगातार दोस्रो पटक उपविजेतामा सिमित रहेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढी स्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज भएको फाईनलमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रनको योगफल बनायो । लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र शुसिल खड्काले १९ रन बनाए । लिटिल फ्लावरका शेर मल्लले २ तथा सागर भण्डारीले १ विकेट लिए ।

१४६ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । लिटिल फ्लावरलाई उपाधि दिलाउने क्रममा लिटिल फ्लावरका कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको पारी खेले । उनले ४१ बलमा ११ चौका र १ छक्का प्रहार गरे । यस्तै दिपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले १४÷१४ रन बनाए । लिटिल बुद्धका लागि नारायण जोशीले २ विकेट लिए ।

लिटिल फ्लावरका कप्तान विपिन रावलले टीमको उत्कृष्ट प्रदर्शनले उपाधि जितेको बताए । लिटिल बुद्धका कप्तान शुसिल खड्काले राम्रो खेल्दा खेल्दै पनि हार्नु परेको बताए ।

कार्तिक २७ गतेदेखि धनगढीमा सुरु भएको प्रतियोगिता प्लेयर अफ द सिरिज नेपाली अन्डर १९ टोलीका सदस्य शेर मल्ल, बेष्ट ब्याट्सम्यान सिद्धार्थ शिसु सदनका खड्क बोहोरा, बेष्ट बलर लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र राईजिङ प्लेयर लिटिल फ्लावर स्कुल धनगढीका विशाल भट्ट भए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५÷५ हजार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका निर्देशक डाक्टर माधव वराल लगायतले पुरस्कार वितरण गरे ।

 

  • ४ मंसिर २०७५, मंगलवार १४:१७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU