सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलालीमा २३ अर्व लगानीका उद्योग दर्ता, सबैभन्दा बढी धनगढीमा

वीरेन्द्र भट्ट, धनगढीः कैलालीमा २३ अर्व बढी लगानी लगानीको उद्योग दर्ता भएका छन्। उद्योग दर्ता सबैभन्दा बढी धनगढी उपमहानगरभित्र देखिएको छ। उपमहानगरभित्र मात्र चार हजारभन्दा बढी उद्योग दर्ता भएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा वार्षिक ८१ अर्व मुल्य बराबरका विभिन्न वस्तु उत्पादन हुने भन्दै विभिन्न प्रकृतिका उद्योग दर्ता भएका छन्।

 

७५ हजार रोजगारी सिर्जना हुने गरी उद्योग दर्ता गरिएको हो। जिल्लाभित्र घरेलु तथा साना उद्योग दर्ता हुनेक्रम बढेको छ। विभिन्न प्रकृतिका उद्योग दर्ताक्रम वर्षेनि बढ्दै गएको पाइएको छ। जिल्लाका विभिन्न क्षेत्रमा गरी अहिलेसम्म १४ हजार ६३२ उद्योग दर्ता भएका छन्। २३ अर्व बढी लगानी प्रस्तावसहित कृषि, पर्यटन, निर्माण लगायतका उद्योग दर्ता भएका छन्।

 

उद्योग दर्ता, लगानी प्रस्ताव, रोजगारी तथा वार्षिक अर्वौ मुल्य बराबरको वस्तु उत्पादन हुने गरी जिल्लाभित्र उद्योगको संख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीका उद्योग अधिकृत कोमलप्रसाद ओझाले बताए। ‘उद्योग दर्ता बढ्नुका साथै उद्योगमा लगानी समेत बढ्दै गएको देखिएको छ। सबैभन्दा बढी उद्योग धनगढी उपमहानगरपालिकाभित्र दर्ता भएको देखिएको छ।’

 

 

जिल्लामा कृषिमुलक, उत्पादनमुलक, सेवामुलक र निर्माण सम्वन्धि सबैभन्दा बढी उद्योग दर्ता भएका छन्। दर्ता उद्यमीको संख्या १६ हजार २२२ देखिएको छ। ७५ हजार ७८७ जनालाई रोजगारी दिने प्रस्तावसहित जिल्लाभित्र ठुलो संख्यामा घरेलु तथा साना उद्योग दर्ता भएको कार्यालयको अभिलेख छ। दर्ता भएका उद्योगले ८१ अर्वभन्दा बढीको वार्षिक वस्तु उत्पादन गर्ने प्रस्ताव गरेको समेत पाइएको छ।

 

सबैभन्दा बढी उद्योग धनगढी उपमहानगरपालिकाभित्र चार हजार ८ सय ८७ तथा सबैभन्दा कम मोहन्याल गाउँपालिकाभित्र १४४ उद्योग मात्र दर्ता भएको पाइएको छ। जिल्लामा चालु आर्थिक वर्ष सुरु भएसँगै उद्योग दर्ताक्रम बढेको छ। उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४० लाख ८१ हजार ४५५ रुपैयाँ राजस्व संकलन गरेको छ। उद्योग दर्तासँगै उद्योग खारेजी पनि वर्षेनि बढ्दै गएको देखिएको छ। लामो समयदेखि उद्योग दर्ता गरेर सञ्चालनमा नआएका १२० उद्योगको यस वर्ष दर्ता खारेजी गरिएको कार्यालयले जनाएको छ। दिनेश खबर

  • २७ चैत्र २०७९, सोमबार ०६:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    एकै दिन साढे २० हजारले बढ्यो सुनको भाउ
    पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान ।
    ५ हजारभन्दा बढी सरकारी कार्यालयको लेखापरीक्षण, एकै बर्षमा थपियो ८८ अर्ब बेरुजु ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU