बीबीसीको उत्प्रेरणादायी र प्रभावशाली १०० महिलामा परिन् उमादेवी वादी
उमीद बागचन्द । धनगढी ३ मँसिर । सुदूरपश्चिम प्रदेशको कैलालीकी सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था (बीबीसी) को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन्। सोमबार बीबीसीले सार्वजनिक गरेको १०० महिलाको सूचीमा उनी अटाएकी हुन्।

५४ वर्षीया वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बनेकी हुन्। उनले ‘मलाई यो कुरा सुन्दा एकदमै खुसी लाग्यो, सबैजनालाई धेरै धेरै धन्यवाद,’ टीकापुरमा रहेकी सांसद वादीले नेपाल सन्दर्भसँग भनिन् । बीबीसीले उनलाई वादी समुदाय बारेको मानसिकता परिवर्तन गर्न लागेकी भनेर परिचय दिएको छ।
यो सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टन लगायत छन् ।
बीबीसीले हरेक वर्ष १०० जना उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्छ । उनीहरूको जीवन कथा बीबीसीले टेलिभिजन, रेडियो र अनलाइनमा प्रसारण गर्ने गर्छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया