रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।
रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो ।
राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको हो ।
उपराष्ट्रपतिको निर्वाचन शुक्रबार नै रहेको छ । इकागज
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया