राष्ट्रपति चुनावमा रामचन्द्र पौडेललाई मतदान गर्ने दल र सांसदलाई दियो कांग्रेसले धन्यवाद
नेपाली कांग्रेसले गत फागुन २५ गते पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार रहेका रामचन्द्र पौडेललाई मतदान गरी विजयी गराउने दलहरू र सांसदहरूलाई धन्यवाद दिएको छ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति बनेकोमा पौडेललाई बधाई तथा शुभकामनासमेत दिएको छ।
राष्ट्रपति भएपछि पौडेलले कांग्रेसबाट अलग भएको घोषणा गरेका थिए भने साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए।
राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार काम गर्ने विश्वाससमेत बैठकले लिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘राष्ट्रपति चुनावमा हाम्रा उम्मेदवारलाई मत दिने गठबन्धन दलहरू तथा सांसदहरूलाई धन्यवाद दिने निर्णय भएको छ,’ उनले भने, ‘निर्वाचन आयोग, सुरक्षाकर्मी, पत्रकारलगायतलाई पनि धन्यवाद।’सेतोपाटीबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया