धनगढीमा उद्यमशिलता सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन हुदै
धनगढी,३ मंसिर । धनगढीमा अन्तराष्ट्रिय स्तरको उद्यमशिलता सम्वन्धी सम्मेलन हुने भएको छ ।
धनगढी उपमहानगरपालीकाले सोमबार पत्रकार सम्मेलन मार्फत मंसिर ६, ७ र ८ गते धनगढीको सुभश्री प्यालेशमा सम्मेलन हुने जानकारी दिएको हो । धनगढी उपमहानगरपालीका र किंग्स कलेजको साझेदारीमा सम्मेलन हुन गैरहेको नगरप्रमुख नृपबहादुर वडले बताए । उनले भने , तीन दिन सम्म चल्ने सम्मेलनमा बिभिन्न देशका सफल उद्यमी र स्थानीय सफल उद्यमीले प्रस्तुतीकरण गर्ने छन् । यो सम्मेलन यस क्षेत्रको उद्यमशिलताको विकास तथा प्रवद्र्धनका लागि गरिन लागेको पनि नगरप्रमुख वडले बताए ।
सम्मेलन यस प्रदेशमा अहिले सम्मकै पहिलो भएको पनि नगरप्रमुख वडले बताए । किंग्स कलेज काडमाण्डौका अनुसन्धान बिभागका प्रमुख चित्त रञ्चनज पाण्डेयले उपत्यका बाहिर यती ठूलो र महत्वपूर्ण सम्मेलन पहिलो पटक हुन लागेको बताए । उनले भने,यस सम्मेलनको आफैमा महत्व छ, धनगढी उपमहानगरपालीकाले गरेको यो सहासको हामी सम्मान गर्दछौं । धनगढी उपमहानगरपालीका संगै यस प्रदेशको पनि सहयोग रहेको बताउदै पाण्डेयले भने, मुख्य साथ र सहयोग उपमहानगरपालीकाको छ ।
सम्मेलन गर्दा झण्डै २५ लाख रुपियाँ खर्च हुने बताईएको छ । सम्मेलनमा २ सयको हाराहारीमा सहभागिहरु रहने छन् । सम्मेलनमा उद्यमशिलता सम्वन्धी ज्ञान दिने किसिमका स्टलहरु समेत राखिने छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया