कैलालीका व्यापारीले सडक कालोपत्रेको माग गर्दै प्रहरी र नगरपालिकालाई दिए पत्र
कैलालीः कैलालीका व्यापारीले प्रहरी र विभिन्न पालिकालाई मंगलवार संयुक्तरुपमा पत्र बुझाएका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका व्यापारीले सडक कालोपत्रेको माग गर्दै पत्र बुझाएका हुन्। धुलो धुँवाले व्यापार गर्न तथा यात्रा गनै सर्वसाधरणलाई असुरक्षा बढेको भन्दै पत्र दिएका छन्।साथै चोरीका तथा दुर्घटनाका घटनाको जोखिम बढेकोले तत्काल माग सम्बोधन नभए सडक बन्द गर्ने चेतावनी दिएका छन्।
उनीहरुले यथास्थितिमा माग पुरागर्न भन्दै ईलाका प्रशासन कार्यलय सुखड,ईलाका प्रहरी कार्यालय सुखड,घोडाघोडी नगरपालिका सुखड,घोडाघोडी उद्योग वाणिज्य संघ सुखड र घोडाघोडी नपा वडा नं.१ सुखडलाई व्यापारीहरूको सामुहिक हस्ताक्षर सहितको निवेदन दिएका छन्।दिनेश खबर
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया