१ लाख बढी नगदसहित ४ जुवाडे पक्राउ
कैलालीः कैलालीमा नगदसहित जुवाडे पक्राउ परेका छन्।
जिल्लाको धनगढी उप–महानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरु समातिएका हुन्। जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आईतबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी–१ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका–५ का (होटल संचालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन्। दिनेश खबर
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया