युवक हत्या प्रकरण,दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन
धनगढी ३ मसिंर । केही दिन अघि प्रदेशको अस्थायी राजधानी धनगढीमा युवक हत्या प्रकरणका दोषीलाई कारवाही माग गर्दै प्रदर्शन गरिएको छ। ट्राफिक चौराहदेखि जिल्ला प्रशासन सम्म पीडित परिरवार सहितको सहभागितमा विजय थापा न्यायिक संघर्ष समितीले प्रदर्शन गरेको हो।

प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज अगाडी स्थानीय विजय थापाको हत्या भएको थियो। हत्याको आरोपमा वडा नम्वर ४ कै आशिष सेठीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
तर संघर्ष समितीले घटनालाई मोड्ने प्रयास भईरहेको भन्दै आन्दोलनको घोषणा गरेको थियो। आन्दोलनका कार्यक्रम अन्तरगत भोलीदेखि कैलाली बन्दको पनि आह्वान गरिएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया