नवनियुक्त राष्ट्रपति पौडेलको शपथ ग्रहण आज हुँदै
काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिदैंछन्। आज दिउँसो १ बजे पौडेलले शपथ लिने कार्यक्रम रहेको छ। शपथ लिएपछि आजैदेखि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिबाट पौडेलले आइतबार राजीनामा गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
उनी गत बिहीबार नौ दलको सहयोगमा राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ३३ हजार ८ सय २ मतभार प्राप्त गरी विजयी भएका हुन्। पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन्। शपथ ग्रहण पछि उनी शितल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन्। दिनेश खबर
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया