सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिमका चार मन्त्रालय तीन महिनादेखि नेतृत्वविहिन, चैतयता टुंगो छैन

निराजन परियार । सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालय तीन महिनादेखि मन्त्रीविहीन छन्। आकांक्षी धेरै देखिएपछि मुख्यमन्त्री कमलबहादुर शाहलाई मन्त्री नियुक्त गर्न सकस परेको छ। हाल सबै सांसदहरू राष्ट्रपति निर्वाचनका लागि काठमाण्डौँ गएकोले उनीहरूमध्ये अधिकांश उपराष्ट्रपतिको निर्वाचनपछि फर्कने योजनामा छन्। त्यसैले सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार पनि चैतमा मात्रै हुने देखिएको छ।

मुख्यमन्त्रीबाहेक ६ मन्त्रालय रहेको सुदूरपश्चिममा मुख्यमन्त्री शाहले एकीकृत समाजवादीलाई सुरुमै सत्ता साझेदार बनाइसकेका छन्। आफूसँगै मुख्यमन्त्री शाहले एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिला र कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिसकेका छन्। बाँकी चार मन्त्रालय भागबण्डाको ठोस रुपमा टुंगो लागेको छैन्।

प्रदेश तहका नेता तथा सांसदहरूले भागबन्डाको चाहना राख्दै चाँडोभन्दा चाँडो सरकारमा जान चाहेका भए पनि कहिले टुंगो लाग्ने ठेगान छैन्। स्वतन्त्र सांसद तारा जोशीले विश्वासको मत दिएका भए पनि आफू प्रतिपक्षमा बस्ने बताइसकेका छन्। कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी सत्ता गठबन्धनमा छन्।

चार मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन हुँदा बजेट कार्यान्वयन प्रभावित हुने प्रतिपक्षी दलले बताएका छन्। विभागीय मन्त्री नहुँदा योजना कार्यान्वयन र अनुगमन प्रभावित हुन सक्ने बताइएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय तीन महिनादेखि नेतृत्वविहिनको अवस्थामा छन्। यी चारवटा मन्त्रालयका लागि तोकिएको बजेट तथा कार्यक्रम विभागीय मन्त्री नहुँदा योजना कायान्वय र अनुगमन प्रभावित बन्ने देखिएको छ।

  • २६ फाल्गुन २०७९, शुक्रबार ०८:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU