शिवनगर खानेपानी उपभोक्ता समितिमा अध्यक्षसहित पुनः पुरानै टिम निर्वाचित
धनगढीः शिवनगर खानेपानी उपभोक्ता समितिमा अध्यक्ष राजेश खातीसहित पुनः पुरानै टिम निर्वाचित भएका छन्।
बिहीवार भएको निर्वाचनमा खाती निर्बिरोध निर्वाचित भएका हुन्। खाती संगै पदाधिकारीहरु पनि पुरानै टिम निर्बिरोध निर्वाचित भएका छन्। खानेपानी उपभोक्ता समितिको उपाध्यक्षमा दामोदर शाहु, सचिवमा मोहन ओझा, कोषाध्यक्षमा प्रेम बहादूर सिहं निर्बिरोध निर्वाचित भएका छन्।
पदाधीकारी संगै ९ जना सदस्यहरु निर्बिरोध निर्वाचित भएका हुन्। निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण २७ गते शनिबार राखिएको छ। बर्तमान पदाधिकारीले गरेको कामलाई सम्मान गर्दै पुन एक कार्यकालका लागी जिम्मेवारी दिइएको उपभोक्ताहरुले बताएका छन्। दिनेश खबर
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया